कानूनभन्दा माथि कोही छैनः प्रमुख अतिथि प्र.जि.अ. एमसी


रोल्पा माचारदाता
लिबाङ–रोल्पा
आज कानून दिवशको अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको बेला जिल्ला अदालत रोल्पाले पनि कानून दिवश मनाएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले कानून दिवशको अवसरामा विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले जनताको अभिभावक न्यायलय नै भएको धारणा व्यक्त गर्नुभयो । पछिल्लो समयमा कानूनी रुपमा ठूला भ्रष्टचारी थहरीएका भ्रष्टचारीहरुलाई सरकारले कानून दायरामा ल्याउन सफल भएको प्रमुख अतिथि एमसीले बताउनुभयो । कानूनभन्दा माथि कुनै निकाय नहुने भएकोले कानुन उलङ्घन गर्ने अपराधिहरुले कहिल्यै छुत नपाउने उहाँको धारणा थियो ।
कार्यक्रममा नेपाल बार इकाई रोल्पाको प्रतिनिधि माधव आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष दियस डाँगी, नागरिक समाज रोल्पाको प्रतिनिधि विनोद आचार्य लगायतका अतिथिहरुले कार्यक्रममा शुभ कामना मनतव्य राख्नुभएको थियो । नेपालको सन्दर्भमा २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो भने २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा ल्याएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्षका वैशाख २६ गतेलाई कानून दिवश मनाउँदै आएको हो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी दुर्गाप्रसाद पराजुली, खड्क दल गण रोल्पा गणपति सुधिर कुमार के.सी, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्र.ना.उ. दीपक खड्का, सशस्त्र प्रहरी बल गुल्मपति सुशिल सुवेदी, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुको प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।

जिल्ला अदालत रोल्पाको माननीय जिल्ला न्यायधिश रमेशप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नयाव सुब्बा युवराज पन्थीले गर्नुभएको थियो भने स्वागत श्रेष्टदार कृतिबहादुर बस्नेतले गर्नुभएको थियो ।

You may also like