रोल्पाको लिबाङ टुडिखेलमा नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन

रोल्पाको लिबाङ टुडिखेलमा नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन
मङ्सिर २९ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is m1-1-1024x768.jpg

नेपाल मगर संघ केन्द्रीय १२ औं राष्ट्रिय महाधिवेशन २०७७ साल फागुन महिनाको १५ गतेदेखि १८ गतेसम्म रोल्पाको लिबाङ टुडिखेलमाआयोजना गरेको राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार भेटघाट कार्यक्रम मार्फत आज लिबाङमा प्रेस विज्ञप्ति जारी गरेको छ । महाधिवेशनको मिति तयपछि राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति तयारीमा सक्रिय बनेको छ ।
यस समितिको संयोजक डि.बी. पुनमगरद्वारा हस्ताक्षर प्रेस विज्ञप्तिमा नेपालमा बसोबास गर्ने ३० औं लाख रैथाने बासिन्दा आदिबासी मगरहरुको इतिहास, भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण सम्र्वद्वन गर्ने र उनीहरुको राजनैतिक र सामाजिक समान्तासहितको समान अधिकार प्राप्त गर्ने उद्वेश्यले गठन गरिएको सम्पूर्ण मगरहरुको साझा सामाजिक संस्था नेपाल मगर संघको ४० औं वर्ष लामो इतिहासमा राष्ट्रिय महाधिवेशन जस्तो ऐतिहासिक १२ औं राष्ट्रिय महाधिवेशन रोल्पामा पहिलो पटक आयोजना भएको बताइएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले स्थानीय निकाय, प्रदेश समिति जिल्ला र आम जनताको साथ सहयोग, सहकार्य र सामूहिक प्रयासबाट राष्ट्रि महाधिवेशन सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यस महाधिवेशनमा नेपाल सरकारका अति विशिष्ट व्यक्तित्वहरु, विशिष्ट व्यक्तिहरु, राज्यको उपल्लो ओहोडाका व्यक्तिहरु, संयुक्त राष्ट्र संघका प्रतिनिधिहरु, एसियाका आदीबासीको प्रतिनिधिहरु, भारत, भुटान, बर्मा, मलेसियाका स्थायी मगर प्रतिनिधिहरु, पाहुनाहरुको विशेष उपस्थिति, बेलायत, अमेरिका, बेल्जियम, फ्रान्स, माईप्रस, रोमानिया, स्वीर्जल्याड, नर्वे, जापान, हङकङ, कोरिया, साउदी अरब, यु.ए.ई, कतार, कुवेत, बहराइन, ओमनलगायतका राष्ट्रबाट झण्डै २ सय प्रतिनिधि र नेपालभित्रको ७ प्रदेश, ७७ वटा जिल्ला, स्थानीय तह र भातृ सङ्गठन र गरी झण्डै १ हजार २ सय प्रतिनिधि पर्यवेक्षक र प्रतिनिधि र पाहुना गरी करिब १ हजार ८ सयभन्दा बढि प्रतिनिधि पर्यवेक्षक सहभागि हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यस महाधिवेशनको उद्घाटनमा मगरहरुको प्राचिन संस्कृति र सभ्यतासँग जोडिएका झाँक्री, भुमे, ख्याली, पैसेरु, सोरठी, घाँटु, कौरा, हुर्रालगायतका एक दर्जनभन्दा बढी झाँकी प्रदर्शनसहित भुमे, बजु, ब्राहा र बुद्वको पुजा आरधना गरी महाधिवेशनको उद्घाटन गर्ने आयोजकले तयारी गरेको छ ।
त्यसैगरी समितिले महाधिवेशनलाई भव्य सभ्य सम्पन्नका लागि खाना र आवास व्यवस्थापनमा श्याम बुढामगर र डी.बी. थापामगरको नेतृत्वमा ३१ जना, प्रचार प्रसारमा खेम बहादुर बुढामगर र नविन रोकामगर सल्लाहकार र स्मृति रोकामगर संयोजक र विमला बुढा सह संयोजकमा ७ सदस्य, सांस्कृतिक तथा झाँकी व्यवस्थानमा नन्द घर्ती संयोजक र धनी आले सह संयोजक रहने गरी १७ जना, स्वास्थ्य व्यवस्थापनमा नविन थापा संयोजक र रामप्रिया बुढा सह संयोजक रहने गरी ७ जना, युवा तथा सुरक्षा व्यवस्थापमा गोपाल पुनको संयोजक र राम ब. अस्लामी मगर सह संयोजक रहने गरी १ सय जना, अतिथि सत्कारमा सान्त्वना रोकामगर संयोजक र भिमा रोकामगर सह संयोजक रहने गरी नेपाल मगर महिला जिल्ला कार्य समिति सबै, कार्यालय व्यवस्था तथा पत्रचारमा कुम पुन संयोजक र उमेश पुन सह संयोजक रहने गरी ५ जना, विशेष आर्थिक व्यवस्थापनमा कार्यालयको संयोजक रहने गरी जितु, त्रामु घर्ती, तारा पुनलगायत ७ जना गरी जिम्मेवारी निर्धारण गरेको महाधिवेशन मूल आयोजक समितिको संयोजक डी.बी. पुनमगरले बताउनुभयो । महाधिवेशनमा करिब १ करोड ९ लाख रकम खर्चको अनुमान आयोजकले गरेको छ । उहाँले यस जिल्लामा नेपाल मगर संघको १२ औं राष्ट्रिय महाधिवेशन आयोजना हुनु जिल्लाबासीहरुको ऐतिहासिक भएकोेले आ–आफ्नो ठाउँबाट सक्दो सहयोगका लागि अपिल समेत गर्नुभयो ।

You may also like