पश्चिम रुकुमको घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै रोल्पाका दलित अधिकारकर्मीहरु

रोल्पा समाचार जेठ १८


जनयुद्धको उद्घम रोल्पाका दलित अगुवाहरुले रुकुम पश्चिममा नबराज विश्वकर्मा लगायतलाई विभत्स ढंगबाट हत्या गरिएको विरोधमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । रुकुम पश्चिमको घटना जातीय विभेदकै कारणले भएको भन्दै घटनाका दोषी एवं अपराधिकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले पश्चिम रुकुममा भएको घटना अमानवीयरुपमा घटाइएको घटना भएको बताउँदै पीडितले न्याय पाउँनै पर्ने बताउनुभयो । घटनाको प्रकृति हेर्दा घटना निकै डरलाग्दो तरिकाले भएको बताउँदै पीडितलाई न्याय दिलाउनको लागि सबै लाग्नुपर्ने बताउनुभयो ।


कोणसभामा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका सदस्य एवं दलित अधिकारकर्मी कर्मलाल परियारले २१ आँै शताब्दीमा पनि दलित समुदायहरु जातीय छुवाछुतकै कारणले जीवन गुमाउनु पर्ने सँस्कारको तुरुन्त अन्त्य हुनुपर्ने बाउनुभयो । उहाँले सरकार तथा पार्टीका नेताहरुले सहीढंगले छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । उहाँले परिवर्तनको लागि लडेको रोल्पा रुकुममै यस्ता प्रकारको घटना भएकोमा दुःख व्यक्त गर्दै घटनाका दोषिलाई कारवाही हुनु पर्ने बताउनुभयो ।
उहाँले घर घटनामा सबै राजीतिक दल, जनप्रतिनिधी, सुरक्षाकर्मी, प्रशासक, मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीहरु सबैले सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सत्य तथ्य छानवीन गरी दोषीलाई कारवाही गर्नका लागि सहयोग गरिदनका लागि समेत अपिल गर्नुभयो ।
संयुक्त दलित जनअिधकार मञ्च रोल्पाका सचिव एवं अधिकारकर्मी मानसिंह विश्वकर्माले लामो समयदेखि चलेको प्रेमलाई विबाहमा बदल्नका लागि सुस्माकै आग्रहमा लिन जादाँ योजनाबद्ध तरिकाले कुटपिट गरी विभत्स ढंगले हत्या गरिएको घटनाले सिंगो मानव समुदायलाई आश्चार्य बनाएको बताउनुभयो । उहाँले नेपाल नै जातीय छुवाछुत राष्ट्र घोषणा भइसकेको र नेपालको संविधानमा भएको व्यवस्थालाई चुनौती नेपाल कानूनको परिपालना गर्ने जनप्रतिनधीहरुकै संलग्नमा घटनाभएकोले अरुबाट आशा गर्न कठीन रहेको बताउँनुभयो ।


ज्ञापनपत्र बुझाउने कार्यक्रममा दलित अधिकारर्मीहरु राजेन्द्र परियार सदस्य– रोल्पा नगर कार्यापालिका, तुल्सी सुनार सदस्य सुनिलस्मृति गाउँ कार्यपालिका, चन्द्र मरमथानी सदस्य सुनिलस्मृति गाउँ कार्यपालिका, दिलमाया विश्वकार्मा सदस्य–रोल्पा नगर कार्यापालिका, गायत्री विश्वकार्मा सदस्य–रोल्पा नगर अनिल सुनार सदस्य सुनिल स्मृति गाउँपालिका वडा नं. ४ का वडा सदस्य अनिल सुनार, कार्यापालिका मानसिंह विश्वकर्मा सचिव– संयुक्त दलित जनअधिकार मञ्च, भरत नेपाली अध्यक्ष राष्ट्रिय दलित पत्रकार संघ रोल्पा, रेखा सुनार दलित सचेतन केन्द्र (ड्वाक) नेपाल, मनबहादुर नेपाली नेपाल घरेलु महासंघ रोल्पा, नरवीर विश्वकर्मा महाराम परियार जलजला सिलाई कटाई व्यवसायी संघ, टिकाराम नेपाली अधिकारर्मी श्रवण नेपाली अधिकारकर्मी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष देवीकुमारी गुरुङ, रेडियो नेपालका घनश्याम केसी, जुनकिरी साप्ताहिकका प्रकासशक सम्पादक कविता उपाध्याय, जनआकाक्षा साप्ताहिकका मिनराज रोका, नयाँ पत्रिकाका नविन लोचन मगर लगायतको सहभागीता समेत रहेको थियो ।

You may also like