रोल्पा समाचारको क्यालेण्डर विमोचन

माडीचौर–रोल्पा । रोल्पा समाचार साप्ताहिक पत्रिकाद्वारा प्रकाशित २०७६ सालको क्यालेण्डर विमोचन गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा मंगलवार माडीचौरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यालेण्डर विमोचन गरिएको हो ।
कार्यक्रममा ५ नम्ब प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रदेश सांसद् दीपेन्द्र कुमार पनुमगर, पूर्व सांसद रीमा नेपाली, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहदुर बुढामगर, उप–प्रमुख विमला बुढाथापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५ नं. प्रदेश सदस्य कुमार दशौदी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरिप्रसाद घर्ती लगायतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर नेपाल रोल्पा जिल्ला उपाध्यक्ष खुविना सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव रेशम बि.क.ले गर्नुभएको थियो भने स्वागत प्रेस संगठन नेपालको केन्द्रीय सदस्य मानसिंह विश्वकर्माले गर्नु भएको थियो ।

You may also like