नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्द जिल्लामा पनि प्रभाव


रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
विभिन्न अपराधिक घट्नामा संग्लता भएको आरोपमा नेपाल प्रहरीद्वारा गिराफटार भएका आफ्ना कार्यकर्ताहरुको निस्र्थ रिहाईको माग गर्दै आज नेपाल कम्युनिष्ट पार्टीले नेपाल वन्द घोषणा गरेको छ । नेपाल बन्दले जिल्लाका शिक्षाण संस्था, यातायातका साधन, पसलहरू बन्द भएका छन् ।
नेपाल बन्दकै कारण जिल्लाबाट बाहिरने तथा भित्रिने यातायाताका साधानहरू विहानदेखि नै पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् भने जिल्लाका आन्तरिक सडकमा सञ्चालन यातायाताका साधानहरू पूर्ण रुपमा थप भएका छन् । यातायातका साधनहरू थप्प हुँदा यात्रुहरुले दुःख पाएका छन् । यो समाचार तयार पर्दासम्म जिल्लामा अपरिय घट्ना नघटेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएइको छ भने जिल्लामा बन्दको समयमा शान्ति सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा निकायहरूलाई परिचालन गरिएको कार्यालयले जानकारी दिएको छ । बन्दको कारण वार्षिक परीक्षा सञ्चालन गर्दै आएका विद्यालयहरुले पनि आज विद्यालय भएका छन् । आज विहानदेखि नै जिल्लाका प्रमुख बजार केन्द्रमा सुनसान बनेका छन् । नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दले जिल्लाबासीहरू समेत प्रभावित भएका छन् । बन्दको समयमा पसल, विद्यालय, यातायातका साधनहरुमा वन्द भएका छन् ।

You may also like