नेकपाको बन्दले रोल्पा थप्प, जनजीवन प्रभावित

रोल्पा समाचार
फागुन ३० रोल्पा

रोल्पा समाचार
फागुन ३० रोल्पा
नेकपा (विप्लब) समूहले गरेको बन्दका कारणले आज रोल्पामा पनि थप्प भएको छ । सरकारले गरेको प्रतिवन्द लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विरुद्धमा आज नेपाल बन्द घोषणा गरेपछि रोल्पामा पनि बन्दका कारण थप्प भएको छ ।
रोल्पा जिल्लाबाट बाहिर जाने र रोल्पा जिल्लामा आउने सवारी साधानहरु विहानैदेखि चल्न सकेका छैनन् । सवारी साधानहरु चल्न नसकेपछि यात्रुहरु अलपत्र परेका छन् । विहानैदेखि सवारी साधानहरुबाट मानिसहरु आफ्नो गतव्यमा पुग्न सकेक छैनन् । बाहिरबाट आउने यात्रुहरु खुंग्री, सुलिचौरमै रोकिएका छन् ।


यसैगरी रोल्पामा सञ्चालन भईरहेको विद्यालयको माध्यमिकतहको परीक्षा पनि सञ्चालन हुन नसकेको विभिन्न विद्यालयका प्र.अ.हरुले जानकारी दिएका छन् । प्रमुख जिल्ला प्रहरी कार्यालय गञ्जबहादुर महराले रोल्पा जिल्लाका सबै कार्यालय खुल्ने, सरकारी कार्यालयबाट सम्पादनमा कुनै वाधा नपुगको बताउनुभयो । तर कुनै गाउँपालिकाहरुमा सञ्चालनका लागि केही व्याहरिक कठिनाई भएको समेत बताउनुभयो । यस्तै प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले भने आफूहरुले सबै स्थानमा निगरानी गरिरहेको बताउनुभयो ।
रोल्पा जिल्लामा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । तर अझैसम्म कुनै अप्रिय घटना नभएको बन्दकर्ताले बताएका छन् । शान्तिपूर्ण रुपमै बन्द सफल हुनेसमेत नेकपा रोल्पाले बतएको छ ।

 

You may also like