सुनिलस्मृति ७ तेबाङबासीको शिक्षा, स्वास्थ्य गुणस्तरीय हुनुपर्नेमा माग

रोल्पा समाचारदाता
असोज ५ गते
तेबाङ, रोल्पा

सुनिलस्मृति गाउँपालिका वडा नं. ७ को वडा कार्यालय तेबाङ रोल्पा र स्ट्रोम फाउण्डेसन नेपालको आर्थिक सहयोग तथा सहयोगी हातहरुको समूह सहास नेपालको आयोजनामा “दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको सहकार्यमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।


आईतबार भएको सार्वजनिक सुनाई कार्यक्रममा नागरिकहरुले तेबाङको समृद्धिका लागि गुणस्तरीय शिक्षा, सहज र गुणस्तरीय स्वास्थ्य सुधारमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने माग गरेका थिए । सार्वजनिक सुनुवाईमा सहभागी भविन्द्रा पुनमगरले तेबाङको स्वास्थ्य चौकीका सेवा सुविधालाई गुणस्तरीय बनाएर आम नागरिको जीवनस्तर सुधारर्नका लागि जोड दिनुभएको थियो । उहाँले स्वास्थ्य क्षेत्रका कर्मचारीहरु स्वास्थ्य क्षेत्रको सेवा भन्दा अन्य काममा सक्रिय रहेको समेत प्रतिक्रिया दिनुभएको थियो । यस्तै कार्यक्रमका सहभागी बसन्ता घर्तीमगरले विगतको भन्दा जनयुद्ध सञ्चालनपछि रोल्पा लगायत तेबाङक नागरिकहरुको पनि जीवन परिवर्तनमा केही सुधार आएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयोः–“हामीले जनयुद्धमा बलिदान, योगदान नगरेको भए आज सायद यस्तो हुदँैन थियो होला, भौतिक पूर्वाधार, विजुली बलेको, सडक, सञ्चारमा कायपलट नै भएको छ, अब सामाजिक र साँस्कृतिक विकासमा लाग्नका लागि आवश्यक छ ”


यस्तै दलित अधिकारकर्मी नेमलाल परियारले दलित लगायत लक्षित वर्गलाई प्राथमिकताका साथ अगाडि बढाउनमा थप ध्यान दिनुपर्ने कुरा राख्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष मानसिंह पुनमगरले विगतमा जनताको राज्यसत्ता स्थापना गर्नका लागि लागेको बताउँदै जनतालाई थोरै भए पनि परिवर्तनको आभाष दिन सफल रहेको बताउनुभो । वडा पालिकाबाट प्रदान गर्ने सेवा सुविधामा कमी नभएको र आगामी दिनमा पनि हुन नदिने बताउनुभयो । अध्यक्ष पुनमरले जनताको सेवामै विगतमा लागेको र भविस्यसम्म लागि रहने प्रतिवद्धतासमेत बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य तेबाङबासी जनताको आधारभूत आवश्यकता भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । जनताको बीचमा आफू रहेको र जनताले नै सुधार गर्नका लागि सल्लाह, सुझाव, सहयोग प्रदान गर्नका समेत अपिल गर्नुभयो ।
यस्तै कार्यक्रममा वडा सचिव पदम प्रसाद रिजालले वडाबाट प्रदान गरिने सेवा सुविधामा कमि हुन नदिने प्रतिवद्धता बताउँदै सरकारको नीति र हाम्रो आवश्यकताका बीचमा तालमेल मिलाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा साहस नेपालका नरेश थापाले साहस नेपालको कार्यक्रमबाट सामाजिक रुपमा सशक्तिकरण गरिरहेको बताउँदै आगामी दिनमा पनि अझै अगाडि बढाउनुपर्ने बताउनुभयो । विभिन्न सम्बाद समूहको सक्रियतामा गाउँमा विकासको सार्वजनिक सुनाईमा साहस नेपालको कार्यक्रमबाट सशक्तिकरणमा टेवा पुगेको, तेबाङको विकासका लागि लाग्नुपर्ने बताउनुभयो ।
यसैगरी तेबाङ स्वास्थ्यचौकीका निमित्त प्रमुख नैनसिंह पुनमगरले स्वास्थ्य क्षेत्रको सुधारका लाग सबैले हातेमालो गर्ने र स्वाथ्य क्षेत्रमा देखिएका समस्याको बारेमा आफू सम्वेदनशील बनेको बताउनुभो । उहाँले वडा सरकारसँग बसेर स्वास्थ्यको विषयमा छलफल गरिने र त्यसबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो ।
यसैगरी नेपाल राष्ट्रिय मा.वि. तेबाङका प्र.अ. विष्णुभक्त आचार्यले शिक्षाको सुधारका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक विद्यार्थीको सामूहिक प्रयास हुनु पर्ने बताउनुभयो । विद्यालय हाताभित्रमा आफूहरुको जिम्मेवारीमा रहेर पनि बाहिर अभिभावक र वातारण राम्रो हुनु पर्ने बताउनुभयो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वडा प्रतिनिधी देवेन्द्र पुनमगरले सामाजिक रुपका सबै विभेद अन्त्यका लागि लागेको बताउनुभयो । यस्तै नेपाली कांग्रेस रोल्पाका महेन्द्र पुनमगरले तेबाङको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम साहस नेपालको लागु भएपछि जनतताहरुमा सामाजिक सशक्तिकरण विकास भएको, आत्मवलमा विकास भएको, त्यसलाई अझै निरन्तरता दिनका लागि अनुरोध गरेका थिए ।
सार्वजनिक कार्यक्रमका सहजकर्ता पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा समाचार साप्ताहिक सम्पादक मानसिह विश्वकर्माले सार्वजनिक सुनुवाई कार्यक्रममा वडाले प्रवाह गर्ने सेवा सुविधाहरु, जनताको बीचमा सकरात्मक अभियान सञ्चालन गर्ने, स्वास्थ्यका कर्मचारीहरु स्वास्थ्य क्षेत्रकै काममा बढी जोड दिने, शिक्षाको विकासका लागि सबै एक हुनु पर्ने लगायतको निष्कर्ष सहित सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।

You may also like