भवन निर्माण तथा कल्याणकारी कोषमामा १६ लाख रुपैया जम्मा

रोल्पा समाचारदता
रोल्पा २५ साउन
नेपाल पत्रकार महासंघको बैठक शुक्रबार नेपाल पत्रकार महासंघको भवन सात्तालेमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षमा बसेको बैठकले भवन निर्माण, विभिन्न अक्षयकोषको खाता सञ्चालन र सहयोग संकलन अभियानलाई जारी राख्ने निर्णय गरेको छ ।


शाखाको नियमित बैठकमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माले नेपाल पत्रकार महासंघ रोल्पा शाखाद्वारा सञ्चालित “भवन निर्माण तथा कल्याणकारी कोष स्थापना’ सहयोग संकलन अभियान, भवन निर्माण, लगायत अन्य महासंघले गरिरहेको गतिविधीका बारेमा जानकारी गराउनुभएको थियो । अध्यक्ष विश्वकर्माले अभियानबाटै भवन निर्माण सम्भव भएकोले अभियानलाई अझै निरन्तरता दिने र कल्याणकारीकोषको लागि संकलित रकमबाट खाता सञ्चालन गरी राख्ने जानकारी गराउनुभएको थियो ।


शाखाको बैठकले नेपाल पत्रकार महासंघ रोल्पाको भवन निर्माणको ढलान र सडकका निर्माणका लागि निर्माण व्यवसायी लालबहादुर महरलाई गिट्टी, बालुवा, ढुङ्गा, ढुवानी, मजदुर खर्च ६ लाख ७९ हजार, ५७० रुपैया, सडक निर्माणको लागि स्काभेटर खर्च ४८ हजार, छड, सिमेन्ट, प्लाई लगायत अन्य सामानको ७ लाख ६ हजार १६५ गरी जम्मा १४ लाख ८८ हजार ७३५ खर्च अनुमोदन गरेको छ । महासंघको आयोजना सञ्चालित भएको अभियानमा हालसम्म १६ लाख १९ हजार ९४ रुपैया सहयोग संकलन भएको समेत महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभएको छ ।
यसैगरी भवन निर्माण कार्य अझै जारी रहेकोले भवन निर्माण तथा कल्याणकारी कोष स्थापनाका लागि रोल्पा नगरपालिका, रोल्पाका ९ वटै गाउँपालिका, लगायत अन्य सरोकारवालाहरुलाई समेत अनुरोध गर्ने निर्णय गरेको छ । अन्य सहयोगीदाताहरुसँग निरन्तररुपमा छलफल गरि जारी राख्ने समेत निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पाले सञ्चालन गरेको भवन निर्माण तथा कल्याणकारी कोष स्थापना अभियानबाट संकलित सहयोगलाई नेपाल पत्रकार महासंघ रोल्पा कल्याणकारी कोषका लागि महासंघका अध्यक्ष मानिसंह विश्वकर्मा, आर्थिक विभाग प्रमुख हर्क घर्तीमगरको संयुक्त दस्ताखतमा खाता सञ्चालन गर्ने, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा लगायत परिवारहरुको तर्फबाट विकका स्वगीय बुवा लछुमन विश्वकर्माको स्मृतिमा रु १ लाखको राशी रहेको कृष्णसेन पत्रकारिता पुरस्कार अक्षयकोषको लागि अध्यक्ष विश्वकर्मा, आर्थिक विभाग प्रमुख हर्क घर्तीमगर र परिवारको तर्फबाट एक जना गरी तीन जनाको दस्ताखतमा सञ्चालन गर्ने निर्णय गरेको सहसचिव हर्क घर्तीमगरले बताउनुभयो । यसबाट पुरस्कारबाट २०७५ साल जेठ १३ गते कृष्णसेन स्मृति दिवसको अवसरमा पत्रकार दयाराम डाँगी सम्मानित भइसक्नु भएको छ ।
यसैगरी पत्रकार मनोज घर्तीमगरद्वारा स्वर्गीय बुवा मनप्रसाद घर्तीमगरको स्मृतिमा रु. ३० हजार रुपैयाको अक्षयकोष राशी रहेको मनप्रसाद ग्रामीण पत्रकारिता पुरस्कारका लागि महासंघका अध्यक्ष मानसिंह विश्वकर्मा, आर्थिक विभाग प्रमुख हर्क घर्तीमगर र परिवारका तर्फबाट घर्तीमगरका छोरी सविना घर्तीमगर तीन जनाको सयुक्त दस्तखतमा सञ्चालित हुनेगरी मुद्धती खातामा सञ्चालन गर्ने निर्णय गरेको छ । यस पुरस्कारबाट पत्रकारम महासंघका पूर्व अध्यक्ष खेम बुढामगर, मौसम रोकामगर र पत्रकार उमा केसी सम्मानित भइसक्नु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको बैठकले नेपाल पत्रकार महाससं रोल्पाद्वारा सञ्चालित भवन निर्माण तथा कल्याणकारी कोष स्थापनार्थ अभियानलाई सफल पारिदिनका लागि सहयोग गरिदिने रोल्पा नगरपालिका, सुनिल स्मृति गाउँपालिका, माडी गाउँपालिका, सुनछहरी गाउँपालिका, काष्ठ तथा फर्निचर व्यवसायी संघ रोल्पा, काष्ठ व्यावसायी, रोल्पा उद्योग वाणिज्य संघ, निर्माण व्यावसायी, विभिन्न सरकारी तथा गैर सरकारी सँस्था, उद्योगी, व्यापारी, बुद्धिजिवी, प्राध्यापक, मजदुर लगायत सबै सहयोगी निकायहरुलाई धन्यवाद व्यक्त समेत गरेको छ ।
साथै महासंघले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को १९ औँ स्थापना दिवसको अवसरमा सबै जनजाती एवं सम्पूर्ण पत्रकारहरु एवं सञ्चारकर्मीहरुमा शुभकामना व्यक्त गरेको छ ।
महासंघको निर्माणाधिन भवन भाद्र १५ सम्म तयार गर्ने र सहयोगदाताहरुको शिलालेख लेख्नलागि जिम्मेवारी प्रदान समेत गरेको छ । महासंघको माथिल्लो तलामा एक २ कोठा, हल, रेष्ट स्थान र हल निर्माण भइरहेको छ ।

You may also like