पत्रकार महासंघरोल्पाको भवन निर्माणका लागि २ वटा ढोका र ७ वटा झ्याल सहयोग

रोल्पा समाचारदाता
लिबाङ रोल्पा


नेपाल पत्रकार महासंघ रोल्पा शाखाको भवन निर्माण तथा कल्याणकारी कोष अभियान २०७५ अन्तर्गत महासंघको तलाथपको कोठा तथा हल निर्माणका लागि विभिन्न काष्ठ व्यवसायी तथा फर्निचर एवं ग्रील उद्योगबाट २ वटा ढोका र ७ वटा झ्याल सहयोग गर्ने भएका छन् ।
नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विकको पहलमा सञ्चालन गरिएको भवन निर्माण तथा कल्याणकारी कोष अभियान २०७५ अन्तर्गत सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ । सोही क्रममा महासंघको भवन निर्माणका कोठा निर्माण भइरहेको छ । महासंघको अभियानलाई सफल पारि दिनका लागि काष्ठ तथा फर्चिर व्यवसायीहरु निरन्तर लागेका छन् । कुनै निकायबाट प्रदान हुने बजेट विना नै आफैले अभियानको थालनी गरेर महासंघको भवन निर्माण गर्न लागेकोमा सहयोग गर्नुपर्ने धारणा राख्दै काष्ठ तथा फर्निचर व्यावसायी संघ रोल्पाका अध्यक्ष हरिबहादुर रानाले सबै काष्ठ तथा व्यवसायीहरुलाई सहयोग गरि दिनका लागि अनुरोध गर्नुएको छ । महासंघ रोल्पाको दोस्रो तलाथपका लागि ढलान भइसकेको छ । अब त्यसलाई कोठा तथा हल निर्माणका गरी सहयोग गर्ने सबैको शिलालेख, ताम्रा पत्रमा नाम लेखेर कार्य सम्पन्न गर्नका लागि महासंघ लागेको अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो ।
हल तथा कोठा निर्माणका लागि आर्थिक अभाव भएकोले प्रदेश ५ को आन्तगरिक मामिला तथा कानून मन्त्रालयमासँग महासंघको जिल्ला कार्य समितिले निर्णय गरेर माग गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले हाल प्रदेश नं. ५ प्रदेश अन्तर्गत रहेका जिल्लाहरु मध्ये पूर्वी रुकुम र रोल्पामा भवनको अभाव रहेकाले पहिलो प्राथमिकतामा पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले जसरी पनि महासंघको भवन निर्माणका लागि मन्त्रालयबाटै सम्वोधन गर्ने बताउनुभएको छ ।
भवन निर्माणका लागि हाल विभिन्न निकायबाट सहयोग प्रदान गर्ने क्रममा जारी रहेको छ । महासंघको भवन निर्माणका लागि आवश्यक पर्ने ७ वटा झ्याल र २ वटा ढोका रोल्पा लिबाङ, रेउघा, माडीचौर लगायतका स्थानमा व्यावसायी गर्ने विभिन्न व्यक्तिहरुले सहयोग गर्ने भएका छन् । महासंघका अध्यक्ष मानसिंह विश्वकर्मा र काष्ठ तथा फर्निचर व्यवसायी संघ रोल्पाका अध्यक्ष हरी राना लगायत व्यावसायी बीचमा भएको छलफलबाट दिपज्योती फर्निचरका व्यावस्थापक एवं काष्ठ तथा फर्निचर व्यावसायी संघ रोल्पाका अध्यक्ष हरी रानामगरले २ वटा ढोका, सामुदायिक फर्निचर रेउघा रोल्पाका कर्मलाल परियार र जोखिम सेर्पा, नारायण फर्निचर उद्योग रेउघाका हर्कबहादुर डाँगी, रेउघा फर्निचर उद्योगका दिलबहादुर परियार, सुमन फर्निचर खाद्यटोल लिबाङका हुमबहादुर बिश्वकर्मा, बुढाथोकी दाजुभाई फर्निचर लिबाङ ४ का राबहादुर बुढाथोकी, रामकुमार फर्निचर लिबाङ ४ बासघारीका रामकुमार सर्मा, प्रज्योती फर्निचर लिबाङ शिवालालय टोलका जितबहादुर महरा लगायतले ५÷५ फिटको झ्याल प्रदान गर्ने भएका हुन् । सबै फर्निचरहरुले सकेसम्म र आफू संग भएको राम्रो काठ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै जगत ग्रिल उद्योग, मिलन गील उद्योग लगायत अन्य उद्योगहरुले समेत झ्याल ढोकामा ग्रील प्रदान गर्ने समेत बताएका छन् । यस्तै भवन निर्माणका लागि बालुवा, सिमेन्ट, ब्लकमा समेत सहयोग गर्ने विभिन्न निकायले बताएका छन् । महासंघको भवन निर्माण तथा कल्याणकारी कोष संकलन अभियान निरन्तर सञ्चालन भइरहेको समेत महासंघ जिल्ला शाखा रोल्पाले बताएको छ । यस अभियानमा लिबाङ, सुलिचौर, लगायतका विभिन्न स्थानका मानिसहरुले सहयोग गरिहरकोे समेत महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले बताउँदै हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

You may also like