संसदीय प्रणाली र उपभोक्ता संस्कृतिले भ्रष्टाचार शुन्यता हुन सक्दैनः लुम्बिनि प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुन

संसदीय प्रणाली र उपभोक्ता संस्कृतिले भ्रष्टाचार शुन्यता हुन सक्दैनः लुम्बिनि प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुन
मङ्सिर २४ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is w8-724x1024.jpg

लुम्बिनि प्रदेश प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुनले संसदीय व्यवस्था र उपभोक्ता संस्कृतिले भ्रष्टाचार शुन्यता हुन नसक्ने बताउनुभयो ।
उहाँले यस्तो धारणा बुधबार लिबाङमा आयोजित भ्रष्टाचार विरुद्वको अन्तर्राष्ट्रिय दिवस २०२० को अवसरमा ‘भ्रष्टाचार विरुद्व सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बताउनुभएको हो । ‘विकसित राष्ट्र चीन सहित अन्य राष्ट्रहरुमा शुन्य भ्रष्टाचार नीतिले विभिन्न समस्याहरु उत्पन्न भएका छन् । तर, संयुक्त राष्ट्र संघमा आवद्व राष्ट्रहरुमा भ्रष्टाचारीहरुलाई मृत्यु दण्डको सजाय व्यवस्था गर्न पनि मानव अधिकारले छुट दिँदैन । जसेको कारण पनि भ्रष्टाचार दैनिक बढ्दो क्रममा छ’ उहाँले भन्नुभयो,‘ विकासित राष्ट्रमा सम्पत्तिको प्रत्येक वर्ष लेखा परीक्षण नगर्ने परिवारलाई समाजले बहिस्कार संस्कारको विकास भएको छ । तर, नेपालीमा जस्ले भ्रष्टाचारबाट धेरै सम्पत्ति आर्जन गरेका व्यक्तिहरुलाई सम्मान गर्ने संस्कारले नै भ्रष्टाचारले प्राथमिकता पाएको छ । अब भ्रष्टाचार अन्त्यका लागि पहिलो कुरा संसदीय व्यवस्था र उपभोक्ता संस्कार परिवर्तन हुनुपर्छ ।’ उहाँले पछिल्लो समयमा भ्रष्टाचार बढेको भन्दै निराशा नै उत्पन्न भएको अवस्थामा अब निराशाबाट नै उपायको खोजी हुने समेत विश्वास व्यक्त गर्नुभयो । बढ्दो भ्रष्टाचार अन्त्यका लागि सरकार कठोर बन्नुको विकल्प नभएको माननीय पुनले उद्घोष गर्नुभयो ।

This image has an empty alt attribute; its file name is w3-1024x768.jpg

त्यसैगरी जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्मलाल परियारले यस जिल्लामा भ्रष्टाचार अन्त्यका लागि स्थानीयतहरुसँग आवश्यक समन्वय सहाकार्य गर्दै आएको बताउनुभयो । आगामी दिनमा यस्ता दिवसहरु स्थानीय तहहरुले योजना गर्दा भ्रष्टाचार अन्त्यका लागि विशेष सहयोग पुग्ने उहाँको विश्वास व्यक्त गर्नुभयो । साथै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्मा, नेपाली काँग्रेस पार्टीको रोल्पा जिल्ला सचिव मोहन परियार, वागेश्वरी असल शासन क्लव (बास) रोल्पा शाखाको सल्लाकार कृष्ण बहादुर घर्तीमगर, निर्माण व्यवसायी संघ रोल्पा जिल्लाको अध्यक्ष मनबहादुर खत्री, गैर सरकारी संस्था रोल्पा जिल्ला अध्यक्ष घनश्याम आचार्य, बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङ, रोल्पाको प्रधानाध्यापक मधुसूदन पौख्रेल, मानव अधिकार सेचत्न केन्द्र (हुरेक) नेपाल रोल्पाको कार्यकारी निर्देशक राजु आचार्यले मनतव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला निकायहरुको उपस्थिति थियो । वागेश्वरी असल शासन युवा क्लव (बास) रोल्पा शाखाको आयोजनामा र USAID, हरेप्लेस, मानव अधिकार सचेत् केन्द्र (हुरेक) नेपाल रोल्पा, Fhi360 को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । वागेवरी असल शासन क्लव रोल्पा शाखाको अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भरत नेपालीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष लोकेन्द्र चन्दले गर्नुभएको थियो ।

You may also like