समाचार सम्प्रेशन गर्ने र रोजगार दिने ज्योति विकास बैकलाइ नेपाल पत्रकार महासंघ रोल्पा शाखाको धन्यवाद व्यक्त

 

रोल्पा समाचारदाता
२०७५ साउन १०, लिबाङ– रोल्पा


नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माले एक धन्यवाद विज्ञप्ती जारी गर्नुभएको छ । विकद्वारा जारी विज्ञप्ती भनिएको छः–“रोल्पाको थबाङ गाउँपालिका उवाबाट रोजगारको शिलसिलामा मुस्ताङ जिल्ला गई रोजगार गर्नेक्रममा २०७५ साल असार २२ गते भएको टिप्पर दुर्घटनामा परी जीवन गुमाउने सबै मृतकहरुप्रति भापूर्व श्रद्धाञ्जली व्यक्त गर्दै शोक सनतप्त परिवारजनहरुप्रति गहिरो समवेदना गर्दछौ । ”
विहीबार जारी विज्ञप्तीमा सो घटनालाई रोल्पा जिल्लाबाट प्रकाशित पत्रपत्रिका, प्रशारित सामुदायिक रेडियोहरु र राजधानीबाट प्रकाशित पत्र–पत्रिकाका रोल्पा रिपोर्टर, सम्वादाता, प्रतिनिधीहरुले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेकोमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।


विज्ञप्तीमा भनिएकोछ ः–‘सो घटना र घटनाले मृतकहरुको परिवारमा लिएको समस्यालाई नेपाल पत्रकार महासंघ रोल्पा शाखाका सदस्य एवं नागरिक दैनिका रोल्पा सम्माददाता दिनेश सुवेदीले नागरिक दैनिकमा २०७५ असार २८ मा ‘विपन्नताले पुछिएको सिन्दुर’ भन्ने शीर्षको समाचार अध्ययनपछि जोति विकास बैकले मृतक राष्टे रोकाका श्रीमति लालसरी रोकालाई रोजगारको व्यवस्थासँगै छोरा मौसम रोकालाई १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने जिम्मेवारी लिएको छ । ”


घटना दुखद हुँदाहुदै पनि विपको समाचार सम्प्रेशन गरी सरोकारवालाहरुको ध्यानाकर्षण गराउने र घटनाले निम्त्याएको समस्याप्रति गम्भिर बन्दै ज्योति विकास बैंकलेले समाचार सम्प्रेशन गर्ने पत्रकार दिनेश सुवदी र रोजगारी एवं अध्ययन गर्नका लागि दायित्व बहन गरि दिने ज्योति विकास बैकप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । अन्य मृतकका परिवारलाई समेत जीवन यापनमा सहयोग गरि दिनका लागि सम्बन्धित एवं सरोवारवाला निकायमा अपिल समेत गर्नुभएको छ ।

You may also like