बस दुर्घटना गाडी धनी घाइते

राेल्पा समाचार दाता

साउन ७ रोल्पा २०७५

आज रोल्पा लिबाङ–खाद्यटोलको घुम्तिमा बस दुर्घटनाबाट एक जना गम्भिर घाइते भएका छन् । ग.१ ख ५५३० को गाडी दुर्घटना हुदाँ घाइते भएका हुन् ।


बस पार्किङ गरी लग्दै गर्दा करिब ५ बजेतिर भएको दुर्घटनामा रोल्पा नगरपालिका वडा नं. २ का गाडी धनी इन्द्र गिरी घाइते भएका हुन् । करिव १५० मिटर तल झरेको बसबाट धनी गिरीलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समुदायको सक्रियतामा उद्धार गरिएको हो । उनलाई गाडीले च्यापेर करिव एक घटना गाडीमै रहेका थिए । घाइतेलाई जिल्ला अस्पताल रेउघामा उपचारको लागि लगिएको समेत प्रहरी नायव उपरीक्षक फुयालले बताउनुभयो ।

You may also like