जिजु तथा युरेसस रोल्पाको नवौं गोष्ठीबाट १३ वार्षिक कार्य योजना र १५ बुदे घोषणा पत्र जारी

पुष १० गते
लिबाङ–रोल्पा ।

 “म सेवा गर्छु” भन्ने नारा सहित नेपाल रेडक्रस सोसाइटी जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकको नवौं जिल्ला गोष्ठी आज लिबाङमा सम्पन्न भएको छ । गोष्ठीले १५ बुदे घोषणा पत्र र १३ बुदे वार्षिक कार्य योजना समेत जारी गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले मानव उद्वार तथा राहत वितरणमा नेपाल रेडक्रस सोसाइटी, जुनियर र युवा रेडक्रस सर्कल समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायकमा सहभागि बनाई मानव उद्वारमा सक्रिय बनाउनु अर्काे उदाहरणीय कार्य हो ।’ जुनियर÷युवा रेडक्रस सर्कल तथा शिक्षक नायक विद्यालय स्तरमा गठन हुने भएकोले कुनै पनि विपद् पीडितहरुको उद्वारका लागि परिचालनमा सहज हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि के.सी.ले यसमा किशोर किशोरीलाई जुनियर÷ युवा रेडक्रस सर्कल समितिमा संगठित गरी व्यक्तिगत क्षमता अधिवृद्धि, सामाजिकरण र निःस्वार्थ सामाजिक सेवामा उत्प्रेरितमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । किशोर किशोरी अवस्थामा साथिको लहलहकै कारण पनि लागू औषधको दुव्र्यसनी, बाल बिबाह, विभिन्न सामाजिक विकृति विसंगतिको शिकार बन्न बाध्यत्मक स्थितिमा जुनियर÷युवा रेडक्रस सर्कल समितिमा आवद्वताले समाजिक नेतृत्वको विकास भएको प्रमुख अतिथि के.सी.को धारणा व्यक्त गर्नुभयो । ‘यस संस्थाले जुनियर÷युवा रेडक्रस सर्कल समितिमा आवद्वता भएका किशोर किशोरीहरुलाई जस्तो सुकै आपत विपद्को समयमा पनि आफुलाई परिवर्तन गरी जिम्मेवारी बोधको विकासकै कारण मानवीय उद्वारमा सहज भएको छ’ उहाँले भन्नुभयो । यस संस्था सहित अन्य विभिन्न संघ संस्थामा आवद्व किशोर किशोरीहरु नै भविष्यको सामाजिक नेतृत्वमा आउने भएको हुँदा हामी सबैले किशोर किशोरीहलाई विशेष ध्यान दिँदै आवश्यक क्षमता विकासमा अगाडि बढ्नु पर्ने आवश्यक औल्याउनुभयो । उहाँले भन्नुभयो, ‘किशोर किशोरी अवस्थामा नै सामाजिक सेवामा उत्प्रेरित गरौं भने पक्कै पनि भविष्यमा पनि समाजको विकास प्रति चिन्तन मनन् क्षमता अभिवृद्ध स्वतः हुन्छ, जसले समृद्ध नेपाल, खुसी नेपाली भन्ने नाराले सार्थक पाउँछ ।’ नगरपालिकाले बाल बिबाह न्यूनिकरण सम्बन्धिको पञ्च वर्षिय योजनाले पनि किशोर किशोरीहरुलाई बाल बिबाह न्यूनिकरणसँगै सामाजिकरणमा थप क्षमता विकासका लागि महत्वपूर्ण टेवा पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो । उक्त योजना कार्यन्वयनका लागि नगरपालिकाका विभिन्न सरोकारवाला निकायहरुलाई सहयोगी भूमिका निर्वाहका लागि नगर प्रमुख के.सी.ले अपिल गर्नुभयो ।
त्यसैगरी कार्यक्रम विशिष्ट अतिथि एवं सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्माले भन्नुभयो,‘आज यो गोष्ठीले म जुनियर÷युवा रेडक्रस सर्कल समितिको जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेको स्मरण भएको छ ।’ त्यतिबेला हामीले समाजमा विकराल रुप लिएको एच.आई.भि÷एड्स सहित अन्य समाजिक विकृतिहरु न्यूनिकरण सम्बन्धि जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आएका थियो । तर, समय परिवर्तनसँग यसले विशेष गरी बाल बिबाह न्यूनिकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । कानुन कार्यन्वयनमा जुनियर÷युवा रेडक्रस सर्कल सहित अन्य बालबालिकासँग सम्बन्धित समूहमा आवद्व किशोर किशोरीहरुले पनि सहयोगी भूमिकाको समेत विशिष्ट अतिथि विश्वकर्माले प्रंशसा गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेपाली काँगे्रस पार्टीको रोल्पा जिल्ला कोषाध्यक्ष खट्कबहादुर खत्री, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति डी.वी. टुहुरो, नेपाल रेक्रस सोसाइटी केन्द्रको हजार अभियानको फोकल पर्सन रमेश भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष देवी कुमारी गुरुङ, नेपाल रेडक्रस सोसाइटी लिबाङ उपशाखा सभापति टेजराज आचार्यले शुभ कामना मनतव्य राख्नुभएको थियो । गोष्ठीबाट १३ बुदे वार्षिक कार्य योजना सहित १५ बुदे घोषणा पत्र समेत जारी भएको छ ।

सर्कलको वार्षिक कार्य योजनाहरु सदस्यता वितरण वैशाख र जेष्ठ महिनासम्म, जुनियर÷युवा रेडक्रस सर्कल गठन र पुर्न गठन असार महिनासम्म, नियमिति कार्य योजनाहरु सरसफाइ, प्लाष्टिकमुक्त, जंग फुड निरुत्साहित गरी पोषणयुक्त खाना खुवाउने, विद्यालयसँग सहकार्य गरी विभिन्न प्रतियोगिहरु सञ्चालन गर्ने, विद्यालय स्तरमा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, असार महिनासम्म विद्यालयमा प्राथमिक उपचारका सामाग्री व्यवस्थापन गर्ने, दिवशको दिन सप्ताहव्यापी विभिन्न दिवशहरु मनाउने, २०७६ सालको चैत्र महिनाको मसान्तसम्म कक्षा कोठामा फोहोर राख्ने भाडोको व्यवस्था गर्ने, सोही समयभित्र विद्यालय परिसरको सरसफाइ तथा फोहोर व्यवस्थापन खाडल निर्माण गर्ने, वैशाख महिनाको मसान्तसम्म सरसफाइ कोष व्यवस्थापन गर्ने, वर्षमा ४ पटक बाल बिबाह बारे सचेतना सम्पन्न गर्ने, मनावरी बारे सचेतना कक्षा महिनामा १ पटक, ज्क्ष्ख्÷ब्क्ष्म्क् बारे सचेतना कक्षा ४ पटक सम्पन्न गर्ने तय गरेको छ ।

 

 

 

उक्त गोष्ठीबाट घोषणा भएका १५ बुदेहरु नेपाल रेडक्रस सोसाइटीको अभिन्न अंगको रुपमा रहेको जुनियर÷युवा रेडक्रस सर्कलको संगठन विस्तार गर्ने, जिल्ला स्थित शैक्षिक संस्थाहरुमा पूर्ण सरसफाइका गतिविधिहरुलाई सञ्चालनमा तीव्रता दिने, विद्यालय क्षेत्रलाई जंग फुड प्रयोगमुक्त क्षेत्र बनाउने, लैंगिकमैत्री, अपाङ्गमैत्री खानेपानी धारा, शौचालय निर्माण तथा उचित प्रयोग गर्ने गराउने, विद्यालयमा रेडक्रस अभियानका क्रियालापकहरु र गतिविधिहरुलाई नियमितता दिने, जिल्ला स्तरीय जुनियर÷युवा रेडक्रस सर्कलको गोष्ठीबाट तर्जुमा गरिएका कार्य योजनाको आ–आफ्नो विद्यालयमा कार्यन्वयन गर्ने, सक्रिय सहभागी विद्यालयहरुले आफ्नो नजिकमा रहेका छिमेकी विद्यालयहरुमा जुनियर रेडक्रस समिति, युवा रेडक्रस समिति गठन तथा पुर्न गठनका लागि सहयोग गर्ने र गराउने, बाल बिबाह न्यूनिकरणका लागि सचेत गर्ने गराउने, कक्षा छाड्ने प्रवृति निरुत्साहित गर्ने गराउने, पूर्ण भर्ना अभियानलाई सहयोग गर्ने गराउने,

पूर्ण सरसफाइ उन्मुख अभियानलाई सहयोग गर्ने गराउने, जिल्ला शाखामा जुनियर रेडक्रस समिति, युवा रेडक्रस समिति कोष स्थापना गर्ने, जुनियर रेडक्रस समिति, युवा रेडक्रस समितिको अनुगमन मूल्याङ्कन गर्दै जाने, जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठिको सञ्चालन गर्न सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, गोष्ठीमा सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरु महानुभवहरु प्रति हार्दिक धन्यवाद र आभार प्रदान गर्दै महत्वपूर्ण घोषणा पत्र जारी भएको छ । कार्यक्रममा जिल्लाकाे ३३ अाेटा विद्यालयहरु सहभागिता थियाे ।

जिल्ला जुनियर तथा युवा रेडक्रस सर्कल समितिको अध्यक्ष प्रवेश बुढामगरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको मन्त्री अमर घर्तिमगरले गर्नुभएको थियो । भने स्वागत जिल्ला शाखा सदस्य भगवती मल्लले गर्नुभएको थियो ।

 

You may also like