गौरमा प्रहरीको गोली लागि एकको मृत्यु

Rautahat-ko-gaur-ma-pradarsan-1काठमाडौं, ५ पुस । रौतहटको गौरमा प्रहरीको गोली लागि एकको मृत्यु भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा प्रहरीको गोली लागि मृत्यु भएको हो । मृत्यु हुनेमा १७ वर्षीय शेख तबरेज रहेको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागि तीनजना प्रदर्शनकारी घाइते भएका छन् । पेटमा गोली लागेका उनलाई तत्कालै रौतहट जिल्ला अस्पताल गौर पुर्‍याइएको थियो। चिकित्सकले उनलाई त्यहीँ मृत घोषित गरे। मृतक साह जुद्ध उच्चमावि गौरमा कक्षा १० मा अध्ययनरत थिए।

आन्दोलनकारीहरूले प्रहरीमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए। आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् । जवाफी कारबाहीमा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो।

You may also like