रोल्पाको दार्बाेटमा एक पुरुषको घाँटी रेटेर हत्या भएकाे अवस्थामा भेटिए

रोल्पाको दार्बाेटमा एक पुरुषको घाँटी रेटेर हत्या भएकाे अवस्थामा भेटिए


This image has an empty alt attribute; its file name is m.jpg

२५ असोज, लिबाङ ।
रोल्पा नगरपालिका–६ दार्बाेट राेल्पा निबासी ५६ वर्षीय पूर्ण बहादुर बुढाको आफ्नै घरमा घाटी रेटेर हत्या भएको अवस्थामा आज भेटिएका छन् ।
घरको बिहान ११ः०० बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हर्दा हत्या भएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको उहाँले बताउनुभयो । घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट उहाँको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको छ । मृतक बुढाको श्रीमतीको केहि समय अघि मृत्यु भइसकेको र छोराछारीहरू बैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो ।

You may also like