पहिलो पटक रुकुमकोट–काठमाडौं रात्री वस सेवा संचालन

bus-445x300मेगराज खड्का, रुकुम १ पुस । रुकुमको पूर्वी गाविस रुकुमकोटबाट काठमाडौंका लागि पहिलो पटक रात्री वस सेवा संचालन गरिएको छ । सिस्ने हिमाल वस तथा मिनिवस यातायात व्यवसायी समितिले पहिलो पटक रुकुमकोटबाट काठमाडौंका लागि गाडी संचालन गरेको हो ।

पूर्वी क्षेत्रका यात्रुलाई लक्षित गर्दै गाडी संचालन गरिएको समितिका कार्यालय प्रमुख सुधन श्रेष्ठले जानकारी दिए । अहिले काठमाडौंका लागि एउटा मात्र गाडी संचालन गरिएको र भविष्यमा दाङ, नेपालगञ्जका लागिपनि गाडी संचालन गर्ने योजना रहेको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

उद्योग वाणिज्य संघ शाखा कार्यालय रुकुमकोट र नागरिक समाजलगायतको समन्वयमा गाडी संचालन गरिएको हो । अव हरेक दिन रुकुमकोटबाट काठमाडौंका लागि मध्यान्ह १२ बजे र काठमाडौंबाट रुकुमकोटका लागि बिहान साढे १० बजे गाडी छुट्ने समितिले जनाएको छ ।

You may also like