‘नेपालका वर्तमान शासक केपी शर्मा ओली ठीक नभएकाले कोरोना महामारी नेपालमा बढी फैलिएको हो” नेता वर्षमान पुनमगर


राेल्पा समाचारदाता

जेठ २९ राेल्पा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनमगर ‘अनन्त’ ले कोरोना नियन्त्रणमा नेपालका वर्तमान शासक केपी शर्मा ओलीको चिन्तन, प्रवृत्ति, व्यहार र व्यवस्थापन प्रणाली ठीक नभएकोले नेपाललाई धेरै क्षति पुगेको बताउनुभयो । उहाँले केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रान्तिक व्यवस्थालाई ध्वस्त पार्न निरन्तर लागि रहेकाले कोरेना नियन्त्रण र जनताको स्वाथ्यमा ध्यान नदिएको बताउनुभयो ।
उहाँले कारोनाले निरन्तर जनताको जीवन जोखिम परिरहेको बेलामा जनउत्तरदायित्व काम नगरी मनपरी र सत्ता टिकाउनको लागि निरन्तर प्रहार गर्दै जनताको स्वास्थ्यमा खेलवाड गरेको समेत बताउन्ुभयो ।


यस्तो कुरा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विभिन्न सहयोगी सँस्थाहरुको सहयोगमा रोल्पामा स्वास्थ्य सामाग्री हस्तातरण कार्यक्रममा नेता यस्तो बताउनुभएको हो ।
नेता पुनमगरले विश्वका उहारण दिर्दै भन्नुभयोः– “अम्रेकामा डोनालट्रम हुँदाको महामारी र जो वाइडन सत्तामा आएपछि सामान्य जनजीवन भयो, विश्वलाई कोरोनाको खेप दिने घोषणा गरेकोछ, फरक यस्तो हुन्छ, त्यसैले नेपालको सत्ता प्रमुखको रवैया ठीक छैन ।” केपी शर्मा ओलीलाई व्यग गर्दै भन्नुभयो ।
उहाँले नेपालमा अन्य खर्च र व्यवस्थापन भन्दा पनि आम नागरिकलाई खोप प्रदान गर्ने आवश्यक रहेको बताउँदै त्यसका लागि सबैतहका सरकार र निजी क्षेत्रसमेतको सहभागीतामा अभियानलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो ।
उहाँले स्थानीयतहहरुलाई पनि आफ्नो पालिकाका बासीलाई सुरक्षित गर्नका लागि कोरोनाको भ्याक्सीन लिई लगाइ दिनका लागि सबै जनप्रतिनिधीहरुलाई अनुरोध समेत गर्नुभयो ।
रोल्पा जिल्लामा कोरोना नियन्त्रणमा आफ्नो व्यक्तिगत पहल र सँस्थागत पहललाई निरन्तर रुपमा अगाडि बढाउँदै रोल्पा र रोल्पालीका लागि अझै पहलालाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उहाँले रोल्पा जिल्लामा आफू क्याविनेटमा हुँदा हाल सरकार बाहिर रहेपनि निरन्तररुपमा लागि रहेको बताउँदै सबैको सहकार्य, सामूहिकतामा मात्रै कोरोनासँंगको लडाईमा विजयी प्राप्त गर्न सकिने बताउँदै त्यसका लागि सबैलाई एक हुन अपिल गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पालीको सुरक्षाका लागि प्रदेश सरकारले पनि पहल गरिरहेको बताउँदै रोल्पा जिल्लामा कोरोना व्यवस्थापन, आइशोलेशन निर्माण, स्वास्थ्य सामाग्री प्रदान, अक्सिजन पलान्ट निर्माण लगायत लगायतको काममा आफ्नो तर्फबाट बजेट प्रदान गरिरहेको बताउँदै त्यसमा रोल्पामा लिइएको बजेट भनेको प्रक्रियागत ढंगले मात्रै आएको कसैले पनि भनसुन गरी थप बजे नलिएको बताउँदै लिएको बजेटलाई कायन्वयन गर्नका लागि समेत आह्वान गर्नुभयो । उहाँले पहिलो चरणमा अक्सिजनको अभाव, किट लगायतको अभाव हुँदा सबैको सहयोगमा सहज वातारण बनेको बताउनुभयो । आगामी दिनमा पनि सबै कोरोना नियन्त्रण र उपचारमा लाग्नका लागि अपिल गर्नुभयो ।
हाल रोल्पा जिल्लामा वर्षमान पुनमगरकाे पहलमा राेल्पा अस्पताललाई २ वटा अक्सिजन कन्सिटर मेसिन २ वटा, के ९५ माक्स २००, ५ सेट पी.पी.इ. सेट, ५००० वटा सर्जिकल माक्स, १ काट्रोन सेनिटाइजर १ कार्टुन, एन्टीजेन किट १०० थान प्रदान गरेको छ ।
यसैगरी रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका, लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकालाई २५००÷२५०० थान सर्जिकल माक्स, १÷१ वटा अक्सिजन जेनेरेट मेसिन, १००÷१०० थान एन्टीजेन किट, के ९५ माक्स १००÷१०० वटा प्रदान गर्नुभएको छ ।
भोली घर्तीगाउँमामा माडी गाउँपालिका, गंगादेव गाउँपालिका, थबाङ गाउँपालिका र परिवर्तन गाउँपालिकालाई पनि गाउँपालिकालाई २५००÷२५०० थान सर्जिकल माक्स, १÷१ वटा अक्सिजन जेनेरेट मेसिन, १००÷१०० थान एन्टीजेन किट, के ९५ माक्स १००÷१०० वटा प्रदान गर्ने कार्यक्रम रहेको समेत पुनका सचिवालयका सदस्य सन्तोष पुनमगरले बताउनुभयो ।
हस्तातरण कार्यक्रममा पूर्व सभामुख आनेसरी घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, उपप्रमुख मनकुमारी पुनमगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज भण्डारी, सशस्त्र प्रहरी गुल्मका प्रमुख होमनाथ भट्टराई प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, अस्पताल विकास समितिका अध्यक्ष फविन्द आचार्य पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन लगायतको समेत आतिथ्यता रहेको थियो ।
मन्त्री पुनको पहलमा अक्सीजन लिसिण्डर, माक्स, कन्सीनेटर लगायतका सामानहरु रोल्पा जिल्लामा आई रहेको छ । यस्तै शिक्षा, स्वाथ्य समितिका सभापति जयपुरी घर्तीमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, नेपाली कांग्रेसका नेता अमरसिंह पुनमगरले पनि जिल्लामा स्वास्थ्य सामाग्री पठाउँदै आउनुभएको छ ।

You may also like