२०७५ असार २० गतेपछि रोल्पामा विद्युत लाईन काटिने

मानसिंह विश्वकर्मा
२०७५ असार १६ रोल्पा


नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रले रोल्पाका सम्पूर्ण विद्युत महसुल तिर्न वाँकी रहेका सरकारी कार्यालय, गैर सरकारी कार्यालय, उद्योग, व्यवायीहरुको लाईन असार २० भित्र भुक्तानी नगरेमा लाइन काटिने चेतावनी दिएको छ । वर्षाैदेखिको बक्यौदा रकम उठ्न नसकेपछि यस्तो चेतावनी दिएको हो ।
रोल्पा जिल्लामा असार मसान्तसम्म सबै विद्युत महसुल वाँकी नराख्ने योजना अन्तर्गत असार २० गतेसम्म सबैलाई भुक्तानी गर्नका लागि जिल्ला प्रसारणलाई समेत जानकारी गराई निकायहरुलाई पत्रचार गरि जानकारी गरिएको समेत नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका केन्द्र प्रमुख श्यामकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार रोल्पा जिल्लामा सरकारी तथा गैर सरकारी कार्यालयबाट करिव १५ लाख, उद्योग तथा व्यवसायीहरुबाट ३ लाख व्यापारीबाट ३ लाख २१ लाख वाँकी रहेको समेत बताउनुभयो । शर्माले रोल्पा जिल्लाका सबै भुक्तानी गर्न वाँकी रहेका निकायलाई असार २० गतेसम्म बुझाउन र नबुझाएमा लाइन काटिने समेत बनाउनुभयो ।
रोल्पा जिल्लामा यो पटक पटक चेतावनी दिए पनि अटेरी गरेको कारणले यस्तो निर्णय गर्नका लागि वाध्य भएको रोल्पा वितरण केन्द्रले बताएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत महशुल २०७३ को विनिमावलीमा १० नं. बुदामा व्यवस्था भए अनुसार मिटर रिडिङ भएको ६० दिनभित्र ग्राहक शुल्क नतिरेमा विना सूचना लाईन काट्न सकिने प्राव्धानको व्यवस्था रहेकोले लाइन काटिने भएको हो ।
रोल्पा जिल्लामा महशुल शुल्क तिर्न वाँकी रहेका सम्पूर्ण कार्यलय, निकायहरु अन्धकार बन्ने पक्का भएको छ । विद्युत महसुशल समय मै नतिर्ने पनि आर्थिक भ्रष्टचारको रुपमा लिन सकिन्छ । त्यसैले विद्युत महसुल समयमै भुक्तानी गरी यो चेतावनीबाट बच्नका लागि सबैले ध्यान दिनु पर्दछ कि ? कतिपय निकायले विद्युत महशुलभुक्तानी गर्ने भनि कार्यालयबाट रकम व्यक्तिले निकासेर भुक्तानी समेत नगरेको सो रकम व्यक्तिले समेत चलाएएको एक श्रोतले समेत बताएको छ । रोल्पा जिल्लाका कतिपय सरकारी कार्यालय, गैर सरकारी कार्यालय, सञ्चार माध्यम, उद्योग, व्यावसायीहरुका समेत लाइन काटिने भएको छ ।

You may also like