रोल्पा नगरपालिकाको विभिन्न विद्यालयका किशोर किशोरीहरुलाई लैङ्गिक हिंसा र बाल विवाह सम्बन्धि अभिमुखिकरण

रोल्पा नगरपालिकाको विभिन्न विद्यालयका किशोर किशोरीहरुलाई लैङ्गिक हिंसा र बाल विवाह सम्बन्धि अभिमुखिकरण
मंसिर २५ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is p6-1-724x1024.jpg

रोल्पा नगरपालिकाभित्रका तीन विद्यालयका किशोर किशोरीहरुलाई लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानको अवसरमा लैङ्गिक र बाल विवाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । लैङ्गिक हिंसा सम्बन्धि किशोर किशोरीहरुलाई थप सहयोग पुगेको छ ।
यस नगरपालिकाभित्रका बाल उद्य माध्यमिक विद्यालय, बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङ र तारा माध्यमिक विद्यालय बामरुकका किशोर किशोरीहरुलाई लैङ्गिक र बाल विवाह सम्बन्धि विभिन्न निकायहरुले अभिमुखिकरण गर्नुभएको हो । बाल उद्य माध्यमिक विद्यालय माडिचौरका किशोर किशोरीहरुलाई महिला विकास शाखाकी सहायक महिला निरीक्षक प्रमिला घर्तीमगर, ग्ल्ँएब् का खगेन्द्र भट्ट, माडिचौर प्रहरी चौकीका राज कुमार चौधरी, महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पा नगरपालिकाको अध्यक्ष त्रिपनी घर्तीमगर, बाल कल्याण नमूना माध्यमिक विद्यालय लिबाङका किशोर किशोरीहरुलाई रोल्पा नगरपालिका महिला विकास शाखाकी सहायक महिला निरीक्षक प्रमिला घर्तीमगर, ग्ल्ँएब् का खगेन्द्र भट्ट, तारा माध्यमिक विद्यालय बामरुकका किशोर किशोरीहलाई माहुरी लोकेन्द्र सेन, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाकी गीता डाँगीले लैङ्गिक हिंसा र बाल विवाह सम्बन्धि अभिमुखिकरण गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रमको सहजिकरण महिला विकास शाखाकी सहायक महिला निरीक्षक प्रमिला घर्तीमगरले गर्नुभएको थियो ।

You may also like