आरण सुधार एवं कृषि औजार निर्माण तालिम सञ्चालन

राेल्पा समचारदाता

असार १५ गते लुङ्ग्री बडाचौर
लुङ्ग्री गाउँपालिकाकाको आर्थिक सहयोगमा ललित वर्गको बजेट अन्तर्गत आरण सुधार तालिम प्रदान गरिएको छ । सो तालिममा उद्घाटन शुक्रबार लुङ्ग्री गाउँपालिको ठूला नम्जाको दलित बस्तीमा गाउँपालिकाका सबैवडाबाट प्रतिनिधित्व बनाएर २१ जना आरण पेशामा गरिरहेकाहरुलाई सो तालिम प्रदान गरेको हो ।
रोल्पा जिल्लामा जातीय छुवाछुत र बालीघरे खलो प्रथाका लागि अभियानहरु चलिरहेको बेलामा यो पनि बालीघरे खलोप्रथा अन्त्य गरी पेशाहरुलाई आधुकिकरण तथा औद्योगिक रुपमा विकास गर्नका लागि सो तालिमको आयोजना गरिएको दलित अधिकारकर्मी एवं गाउँ कार्यपालिका सदस्य तेकबहादुर विश्वकर्माले बताउनुभयो ।
सो तालिमको उद्घाटन गर्दै उद्घाटन समारोमा लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले आफूहरुले दलित समुदायको विकासका लागि गाउँपालिका निरन्तर लागि परेको बताउनुभयो । प्रमुख अतिथि खड्काले पेशालाई आधुकिरण गर्न र जातीय छुवाछुतमुक्त गाउँपालिका निर्माण गर्नका लागि गाउँपालिकाकाले योजना तयार गरिसकेको थियो । उहाँले पेशा व्यवसायीलाई व्यावसायीकरुपमा नै सञ्चालन गर्नका लागि अनुरोध गर्नुभयो । समृद्धका लागि पेशालाई अगाडि बढाउन समेत अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भिमकला बुढाथोकीले लक्षित वर्ग दलित, महिलाहरुको बजेट लक्षित वर्गकै हितमा लगानी गर्नु पर्ने यसमा गाउँ कार्यपालिकामा निरन्तर लड्ने बताउनुभयो । साथै उहाँले आफूमा कुनै समस्या नभएकोले दलित समुदायहरुलाई जातीय छुवाछुत गरी अन्याय गरेमा आफूसँग न्यायका लागि आउन अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारले दलितहरुलाई पेशाको आधारमा जात विभाजन गरी विभेदको सृजना गरेकोले त्यसका विरुद्धमा एक हुनका लागि सबै दलित समुदायलाई अनुरोध गर्नुभयो । ब्राह्मणवादी सँस्कृतिले दलितहरुले अछुत बनाएकोले त्यसका विरुद्धमा अगाडी बढाएर मानिस मानिस सम्मानपूर्वक वाच्न पाउँने अधिकारको बारेमा अगाडि बढ्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष शिवराम केसीले दतिलहरुको विकासका लागि आफू र वडा कार्यालय सधै तयार रहेको बताउनुभयो । उहाँले थप कार्यक्रम समेत तय गरिने बताउनुभयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एवं दलित अधिकारकर्मी मानसिंह विश्वकर्मामाले श्रमका आधारमा समूहलाई पनि जातको आधारमा विकास गरी दलितहरुलाई अछुत एवं पानी नचल्ने समुदायको रुपमा शाषकवर्गले सृजना गरेको विभेदलाई अब सबै मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले जातीय छुवाछुत गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म तीन महिनादेखि ३ वर्षसम्म कैद गर्न सकिने कानून निर्माण भइ सकेकोले त्यसलाई अब कानूनी रुपमा स्थानीयतहको न्याय समितिमा र प्रमुख जिल्ला अधिकारीसमक्ष गएर कानूनी उजुरी दिनका लागि सबैले ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रमा प्रशिक्षक एवं जिल्ला आरण सुधार समितिका अध्यक्ष पोखपाल विश्वकर्माले तालिम तालिमका लागि मात्रै नभएर तालिमलाई जीवन निर्वाहमुखी भन्दा पनि व्यवसायीकरुमा अगाडि बढाउनका लागि हार्दिक अनुरोध गर्नुभयो ।
कार्यक्रममा सुनिल स्मृति गाउँ कार्यपालिका सदस्य एवं दलित अधिकारकर्मी तुलसी सुनार, सुलिन स्मृति गाउँ कार्यपालिका सदस्य लिटमा विक, वडा सदस्य मैसरा विक, रामलाल विक, नेकपाका प्रतिनिधी खैराम खड्का, लगाययतको आतिथ्यता रहेको थियो ।
लुंग्री गाउँपालिकाका ७ वटा वडाबाट साविकका ३ जनाका दरले २१ जनालाई तालिम प्रदान गरिरहेको छ । १५ दिने कार्यक्रम अनुसार आरणपेशामा सहभागिहरुलाई सहभागि गराएर अगाडि बढाइएको छ । आरण तालिमपछि दर निर्धारण गरी गाउँपालिकाभरी नै एकरुपता कायम गर्ने गरिएको छ ।
कार्यक्रममा आरण सुधार समितिका अध्यक्ष दानबहादुर विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन बेगमबहादुर सिर्पालीले सञ्चालन गर्नुभएको थियो भने स्वागत दर्शणलाल विश्वकर्माले गर्नुभएको थियो ।

You may also like