(गजल) निम्तो छ रोल्पातिर !

जलजला सुनछहरी हेर्न आउनु रोल्पातिर ।
मलाई न्यानो अङालोमा बेर्न आउनु रोल्पातिर ।

खेमराज गाउले खुमेल-५ रोल्पा
खेमराज गाउँले
खुमेल-५ रोल्पा

श्वोर्गद्वारी प्रभुको जन्मभुमी, थुप्रै कला संकृति
ज्ञानगुनका कुराहरु खेर्न आउनु रोल्पातिर ।

अन्न पानी सकिदाखेरी, भोकमरीले सताउदा,
समाधानको बाटो खोजी घेर्न आउनु रोल्पातिर ।

‘टुहुरो’का साथमा ‘पंक्षि’ सरी उडौला ‘मर्सिफुल’ झै,
गजलका शेरहरु केर्न आउनु रोल्पातिर ।

शिवगुफा, रुन्टी अनी घुमाइदिन्छु थबाङ बस्ती,
‘गाउले’ सँगै धोको फेर्न आउनु रोल्पातिर ।

You may also like