रोल्पा समाचारबाट मुस्कान सहितको सेवा प्रदान गरिने

रेशम कुमार विश्वकर्मा


फागुन २७ रोल्पा
रोल्पा जिल्लाको पहिलो समाचारमूलक साप्ताहिक पत्रिका रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका समीक्षासहित आगामी रणनीति तयका लागि बैठक आज पत्रिकाको कार्यालय रोल्पा नगपालिका लिबाङ रोल्पामा सम्पन्न भएको छ ।
उक्त बैठकमा नियमित पत्रिका प्रकाशनको क्रममा आम पाठक लगायत पत्रिकाका शुभ–चिन्तकबाट प्राप्त सुझावलाई आत्मसात गर्दै पाठक मैत्री पत्रिकाका बनाउने बैठकले निर्णय गरिएको छ । बठैकले आगमी दिनमा पत्रिकालाई व्यवस्थित बनाउन पत्रिका परिवार प्रत्येक महिनाको ३० गते समीक्षात्मक मासिक बैठक बसेर मासिक कार्य योजना तय गर्ने निर्णय गरिएको छ । रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको स्वामित्वमा रहेको रोल्पा अपसेट प्रेस र न्यू रोल्पा स्टेशनरीबाट प्रदान सेवालाई ग्राहक मुस्कान मैत्री बनाउने समेत निर्णय गरेको छ । साथै पत्रिकको जिम्मेवारी प्रकाशक÷सम्पादक एवं व्यवस्थापकको जिम्मेवारी मानसिंह बि.क र पत्रिकाको विशेष जिम्मेवारी कार्यकारी सम्पादक रेशम बि.क, सहसम्पादक सहित व्यवस्थापक खुविना सुनारी, पत्रिकाको स्वामित्वको रोल्पा अपसेट प्रेसको जिम्मेवारी अपरेटर अटुट बि.कको नेतृत्वमा नन्दबहादुर बिक र अमित बुढामगर, स्टेशनरीको जिम्मेवारी सर्मिला बि.क, कम्प्यूटरको जिम्मेवारी व्यवस्थापक खुविना सुनारी मगर, अस्मिता बुढामगरलाई निर्धारण गरिएको छ । अहिले पत्रिका, अपसेट प्रेस, स्टेशनरीमा नियमिति ११ जना कर्मचारीहरुले विभिन्न जिम्मेवारी आफ्नो जिम्मेवारी निर्वाह गरिहेका छन् । रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका प्रकाशक÷सम्पादक तथा व्यवसायी पत्रकार मानसिंह बि.क.को अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिका प्रकाशक÷सम्पादक तथा व्यवसायी पत्रकार मानसिंह बि.क.ले व्यवसायीक रुपमा सफल बनेमा मात्रै सिंगो मिडिया हाउस र आफ्नो भविस्य उज्ज्वल हुने भएकाले त्यस तर्फ ध्यान दिनका लागि अनुरोध गर्नुभएको थियो । उहाँले जिम्मेवारी सबैले ग्रहण गरी चेनअफ कमानमा चलेर ग्राहक एवं पाठक मैत्री बनाउनको लागि सबैलाई अनुरोध गर्नुभयो
उहाँले पत्रिकाहित र आफ्नो हित हुने काम गरेर सबैको सुनिश्चित गर्नका अनुरोध गर्दै भन्नुभयोः“हाम्रो सबैको सामुहिक सपना रोल्पा समाचार र यसका मातहतमा रहेको सबै निकायलाई जिम्मेवारी बनाउने हो हाम्रो लक्ष्य भनेको सबैबाट राम्रो बनाउने लक्ष्य हुनु पर्दछ यसको भविस्यमा नै हाम्रो भविस्य र स्वाभिमान बाचेको छ ।” उहाँले सबै कर्मचारीको तलव, मासिक बैठक बस्ने, भित्रेपात्रो पत्रिका प्रकाशन गर्ने, रोल्पा जिल्लाका गाउँपालिकामा रोल्पा समाचारको शाखा एवं प्रतिनिधि खताउने निर्णय समेत गरेको छ ।
बैठकमा सबै कर्मचारी एवं कार्यरतहरुले आफ्नो समीक्षात्मक रुपमा रिपोर्ट राखेका थिए । आपसी तालमेल गरेर जान सकेमा रोल्पा समाचार र व्यावसायीलाई नयाँ ढंगले स्थापित गर्न सकिने समेत तर्क राखेका थिए ।

You may also like