नेपाल दलित मुक्तिमोर्चा नेपाल रोल्पा नगरपालिकाको भेला सम्पन्न


रोल्पा समाचारदाता
असार २३ गते


नेपाल दलित मुक्ति मोर्चा रोल्पा नगरपालिकाको तेस्रो भेला सम्पन्न भएको छ । शनिबार लिबाङमा सम्पन्न भेलाले राजेन्द्र परियारको संयोजकत्वमा २३ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
तेस्रो भेलालालाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बैकल्पिक केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष गुणेन्द्र घर्तीमगर ‘विज्ञान’ले माओवादी आन्दोलनले नै नै दलित समुदायको मुुक्ति सम्भवन भएकोले अझै गोलबन्द हुनेपर्ने बताउनुभयो । उहाँले माओवादी आन्दोलनले जनताको मुक्ति प्रदान गरेको बताउँदै आमूल परिवर्तनलाई सँस्थागत गर्ने जिम्मेवारी पनि माओवादी आन्दोलनको बलमा जनताकै भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेपाल दलित मुक्ति मोर्चा रोल्पाका विभागीय इन्चार्ज एजं प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले प्रचण्डको नेतृत्वमा सञ्चालित महान जनयुद्धले दलितहरुलाई अधिकार प्रदान गरेको बताउँदै भन्नुभयोः–“अनिवार्य दलित महिला वडा सदस्य, कार्यपालिकामा प्रतिनिधित्व लगायतका अधिकार र सेवा प्रदान गरेको छ । यसलाई हामीले बचाउनको लागि अब सबै दलित समुदायहरु जागरुक र सचेत हुन आवश्यक छ ।”
यस्तै कार्यक्रममा विशिष्ट अतिथिनेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य एवंम् रोल्पा नगरपालिका नेपाल कम्युनिष्ट (माओवादी) रोल्पा नगरपालिका इन्चार्ज मनकुमारी पुनमगरले उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायका लागि (माओवादी) ले आमूल परिवर्तन गरेको बताउँदै आगामी दिनमा अभै सशक्त ढंगले लाग्नु पर्ने बताउनुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) का रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्यले दलित समुदायको मुक्तिका लागि अन्य समुदायको पनि योगदान रहेको बताउँदै यसलाई समाजका सचेत तप्काले अझै निरन्तर अगाडि बढाउनु पर्ने बताउनुभयो ।


कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष टोपबहादुर नेपाली, नेपाल दलित मुक्ति मोर्चा नेपाल जिल्ला समन्वय समिति रोल्पाका संयोजक खडकलाल पात्देउटी, नेपाल दलित मुक्ति मोर्चा रोल्पा नगरपालिका इन्चार्ज लिलाराम सुनार, नेकपा (माओवादी केन्द्र) रोल्पा नगर पालिका सदस्य आइतराम विक, नेकपा (माओवादी केन्द्र) निवर्तमान अध्यक्ष राजेन्द्र परियार लगायतको आतिथ्यता रहेको थियो ।
सम्पन्न भेलाले राजेन्द्र परियारको अध्यक्षतातामा दामोदर विश्वकर्मा सचिव रहेको २३ जनाको कमिटि निर्माण गरको छ । सो समतिको आगामी ३० गते शनिबारको दिन बैठक बसी नगरपालिकाका विभिन्न वडाहरुमा संगठन विस्तार गर्ने योजना बनाएको छ ।

You may also like