जिल्ला समन्वय समितिद्वारा राेल्पाका गाउँपालिकाको अनुगनमन 

मानसिंह विश्वकर्मा
माघ १७ गते सुलिचौर
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरको नेतृत्वमा सुवर्णावती गाउँपालिका र लुग्री गाउँपालिका अनुगमन गर्ने कार्यक्रम अन्र्गत सुवर्णावती गाउँपालिका अनुगमन गरिएको छ ।


अनुगमनको क्रममा सुवर्णावती गाउँपालिकाको कार्यालय सुलिचौरमा अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढामगरले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण पछि स्थानीयतहको निर्वाचन सम्पन्न पछि स्थानीय सरकार बनेको बताउँदै अब जनतालाई सहजरुपमा सेवा प्रदान गर्नका लागि अनुरोध गर्नुभयो । साथै उहाँले देशको आमुल परिवर्तनका लागि सबैको योगदानबाट आएको स्थानीयतहको सरकारले जिल्ला समन्वय समिति रोल्पा र गाउँपालिकाको सहकार्यतामा कार्य सन्चालन गर्नका लागि अनुरोध गर्नुभयो । प्रमुख बुढामगरले नयाँ नेपाल निर्माणको यात्रामा लागेकोले सबै कर्मचारी र जनप्रतिधिले पनि नयाँ सँस्कार अनुसार काम गर्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी शुसिल बैद्यले जिल्ला समन्वय समिति रोल्पा र गाउँपालिकाका विचमा आवश्यक समन्वय तथा सहकार्यतामा कार्य सम्पादन गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले कार्य सम्पादनमा विभिन्न नीति तथा ऐनको अधिनमा रहेर काम गर्नका लागि समेत अनुरोध गर्नुभयो ।
अनुगमनमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगरले । कर्मचारीको अभाव हुदाँहुदै पनि कार्य सम्पादन भइरहेको बताउनुभयो । उहाँले विकास निर्माण, अन्य प्रशाकीय काम तथा शाखाको कार्य सन्चालन भइरहेको बताउनुभयो । उहाँले बैकं, स्वास्थ्य लगायतको समस्याका बारेमा अनुगमन टोली समक्ष राख्नुभएको थियो । उहाँले सबै भन्दा विरामीको उपचारमा प्राथमिक स्वास्थ्य सेवाका प्रदान गर्न कठीन भएको बताउनुभयो । मालपोत, राजज्व लगायतको काम गर्न सहज हुने बताउनुभयो ।
अनुगमनमा जिल्ला समन्वय समितिका उपाध्यक्ष विमला बुढामगर (थापा), जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, सर्मिला बुढामगर, दुटीकुमारी रोकामगर, लोकमान वली, जिल्ला समयन्वय समिति रोल्पाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत डम्बर सुनार, जिल्ला प्राविधिक कार्यालय रोल्पाका प्रमुख गोपीराज पुनमगर, जिल्ला समन्वय समिति रोल्पाका दिपक डिसी, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्माको समेत सहभागीता रहेको थियो ।
अनुगमन कार्यक्रममा सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, उपाध्यक्ष बाममती थापा (क्षेत्रीनी) , गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, गाउँ कार्य पालिका सदस्य तुलसी सुनार, वडा अध्यक्ष पुर्णबहादुर पुनगमर, अर्जुन सुवेदी, मानसिंह पुन, गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख मोती आलम, कृर्षि शाखा प्रमुख बासुदेव उपाध्याय, योजना शाखा प्रमुख निर्मल विष्ट, नासु केशरबहादुर विष्ट, सव इन्जीनियर सुदर्शन पुनमगर, वडा सचिव रणवीर बुढामगर, सलेपा बसन्तराज न्यौपानको समेत उफस्थित रहेको थियो ।
यसैगरी लुङ्ग्री गाउँपालिकामा पनि अनुगमन गरिएको छ । टोलीका प्रमुख जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले लुङ्ग्री गाउँपालिकालाई सम्बृद्ध बनाउनको लागि निरन्तर लाग्नका लागि जनप्रतिनिधि कर्मचारी र सरोकारवालालाई निकायलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा लुङग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले गाउँपालिकामा कर्मचारीको अभाव, भौतिक पूर्वाधार निर्माणमा बजेटको अभाव, जनप्रतिनिधिबीचमा सहकार्यबाट कार्य सम्पादन भइरहेको, जनप्रतितिनिधि र कर्मचारीहरुको विचमा सहकार्य सकरात्मक रहेका लगायतको विषयमा अनुगमन टोलीलाई जानकारी गराउनुभएको थियो । उहाँले जिल्ला समन्वय समितिबाट पनि कर्मचारी अभाव र बैक स्थापना, सञ्चार सेवा प्रदान गर्नका लागि पहल गरि दिनका लागि अनुरोध गर्नुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष भिमकला रोकाले न्यायिक समितिले काम गरेको र हालसम्म २ वटा सम्बन्ध विच्छेदका मुद्धामात्रै गाउँपालिकाबाट जिल्ला अदालतमा पठाएको बताउँदै न्याय सम्पादन गरिरहेको बताउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घर्तीमगरले कर्मचारीको अभावलाई तत्काल पुरा गरि दिन, र उपभोक्ता कार्य सम्पादनका बारेमा तालिम प्रदान गरि दिनका लागि माग गर्नुभयो ।
लुङग्री गाउँपालिका वडा अध्यक्षहरु भरत थापा, शिवराज केसी, यामलाल केसी, मोती पुनमगर लगायत अन्य वडा अध्यक्षहरु, गाउँ पालिकाका कर्मचारी लगायत सहभागी बनेका थिए ।
१९ गते सुनछहरी गाउँपालिकामा पनि अनुगमन गरिने भएको छ । यस्तै त्रिवेणी, रुन्टी गढी लगायतका गाउँपालिकामा पनि अनुगमन गरिने जिल्ला समन्वय समिति रोल्पाले बताएको छ ।

You may also like