अग्नी पीडितलाई राहत दिन वर्षमान पुनमगर पञ्चिकोटमा

रोल्पा समाचारदाता
माघ २३ गते रोल्पा लिबाङ


सुवर्णावती गाउँपालिका–१, घोडागाउँ पञ्चीकोटका अग्नी पीडितलाई राहत प्रदान गर्नका लागि प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ र निवर्तमान सभामुख ओनसरी घर्तीमगर बुद्धबार पञ्चिकोट आउनु हुने भएको छ । गत माघ १३ गते पञ्चिकोटमा भएको आगलागीबाट ७ घर जलेर नस्त भएका थिए ।

माघ १३ गते भएको आग्लानीबाट नरीमा घर्तीमगर, नरेन्द्र पुनमगर, कुमारी पुनमगर, अमरबहादुर घर्तीमगर, पवी घर्तीमगर, कृष्णबहादुर घर्तीमगर र किशोर घर्तीमगरको घर गोठ जेलेर नस्त भएको थियो । नगेन्द्र पुनका छोरा करिब ६ वर्षिय आयुष पुन आगलागीमा परी घाइते भएका थिए । तिनै पीडितहरुलाई रोल्पा काठमाण्डौँ गणतान्त्रिक मञ्चको पहलमा संकलन गरिएको रातह हस्तातरण गर्नकालागि पुनमगरहरु रोल्पा आउन लाग्नुभएको हो । करिव २५ वोरा चामल, २५ वटा बलाङ्केट, भाडा बर्टन, नुन, तेल लगायत अन्य राहतका सामाग्री पनि हस्तानतरण गर्ने सम्पर्कका मञ्चका अध्यक्ष जीवन रोकामगरले बताउनुभयो ।
भोली विहान ११ बजे सो गाउँमा पुगेर राहत वितरण गरिने भएको छ । प्रतितिनिधी सभा सदस्य वर्षमान पुनमगरले गाउँमा पुगेर राहत प्रदानसँगै घर बनाउनको लागि पीडितलाई सहयोग गर्ने घोषणा समेत गर्ने कार्यक्रम रहेको स्वकीय सचिव सन्तोष पुनमगरले बताउनुभयो ।
पञ्चिकोटका अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, सुवर्णावती गाउँपालिका, वडा कार्यालय, शहीद स्मृति युवा क्लब, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिश्वकर्मा लगायतले सँस्थागत तथा व्यक्तिगत राहत प्रदान गरेका छन् ।

You may also like