रोल्पामा प्रचण्डले भने कलाकारिताबाट देशलाई चिनाउनु पर्दछ ।

लिबाङ, रोल्पा
रोल्पा समाचारदाता
२०७६ साउन १८


राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रोल्पाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । । रोल्पा उद्योग वाणिज्य संघको हलमा भएको शनिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य प्रचण्ड जिसीले कलाकारिता क्षणिक समयभन्दा पनि जीवनभरी कलाकारिताबाट देशलाई योगदान गर्नका लागि अनुरोध गर्नुुभयो । उहाँले आफ्नो जीवनको अन्त्यसम्ममा कलाकारितालाई अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । साथै उहाँले कलाकारीताबाट देशलाई चिनाउनको लागि लाग्नुपर्ने बताउनुभयो ।
साथै राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालले आम कलाकारहरुलाई संकटको बेलामा सहयोग गर्नका लागि १ करोडको अक्षयकोषको निर्माण गरेको बताउनुभयो । उहाँले संस्थाको नै केन्द्रमा भवन निर्माण भइरहेको जानकारी गराउनुभयो । उहाँले जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न पछि केन्द्रीय अधिवेशन हुने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका का.वा. सभापति किशोर कुमार आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्मा, नेपाली कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर राष्ट्रिय लोक तथा दोहरी गीत प्रष्तिठानका रुपेन्देहीका अध्यक्ष दिपक डाँगी, रुपेन्देही शाखाका निवर्तमान अध्यक्ष दिपक रौजामगर, रुपेन्देहीका सँस्थापक प्रथम अध्यक्ष विजय सापकोटा, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पत्रकार महासंघका पूर्व अध्यक्ष खेम बुढामगर, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं रोल्पा सामाचार साप्ताहिकका सम्पादक मानसिंह विश्वकर्मा, सम्पूर्ण सामुदायिक रेडियोको तर्फबाट रेडियो मालश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । यो समाचार तयार पार्दासम्म नयाँ कार्य समिति निर्माण भएको छैन ।


कार्यक्रममा सुनछहरी कलाकेन्द्रले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । पाचौ अधिवेशनलेले नयाँ नेतृत्व चयन समेत गर्नेछ । कार्यक्रम नेपाल राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान रोल्पा शाखाका अध्यक्ष मिलन रोकामगरको अध्यक्षतामा भएको थियो भने भिम वलीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागिहरुलाई उपाध्यक्ष दिपीन थापाले स्वागत गर्नुभएको थियो ।

You may also like