प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याएको छः प्रा.लि. सञ्चालक समिति अध्यक्ष बि.क


जीवन निर्वाहको पहिलो आधार सीप र व्यवहारिक शिक्षा नै हो । पछिल्लो समयमा प्राविधिक विषयको अध्ययनमा अभिभावक र विद्यार्थीहरुको व्यापक बढ्दो आकर्षण छ । सोही आकर्षणलाई मध्यनजर गर्दै मार्ट आस्था ट्रेनिङ्ग एण्ड टेक्निकल एजुकेशन प्रा.लि. दर्ता प्रक्रिया पूरा गरी विभिन्न सीपमूलक, व्यवहारिक शिक्षा र प्राविधिक शिक्षा सञ्चालनको प्रक्रिया प्रा.लि.ले अगाडि बढाएको छ । “एक गाउँघर एक पत्रकार संघीय राज्यको शान” भन्ने मूल नारा सहित पत्रकार, रेडियो उद्घोषण, र नेतृत्व विकास सम्बन्धि पाँच दिन तालिमको २०७६ साल श्रावण महिनाको २० गतेदेखि २५ गतेसम्म आयोजना गरेको छ । प्रा.लि.सञ्चालक समिति संयोजक पूर्णसिं बि.क.सँग प्रा.ली. दर्ताको उद्धेश्य, आगामी लक्ष्य लगायत विषयबस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
१. पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
सर्व प्रथम रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका परिवारलाई हार्दिक धन्यवाद ।
२. हजुर कुन कार्यमा व्यस्त हुनुहुन्छ ?
म आजकाल प्रा.लि.को आयोजनामा २० गतेदेखि सञ्चालित पत्रिकार, रेडियो उद्घषण र नेतृव विकास सम्बन्धि पाँच दिने तालिमको व्यवस्थापनसँगै मेरो आफ्नै कार्यमा वेस्तु छु ।
३. प्रा.लि. दर्तामा कसरी प्रेरित बन्नुभयो ?
नेपालको शिक्षा प्रणालीको उत्तर चढाब, सीप र शिक्षाको पहिचान, श्रम र मूल्यको उत्तर चढाब, प्राविधिक तथा व्यवसायिक शिक्षामा विद्यार्थी र अभिभावकको बढ्दो चाप र गुणस्तरीय व्यवहारिक शिक्षाको मागलाई मध्यनजर गर्दै गर्ने क्रममा म लगायत मेरो टिमको सोच विचार र समृद्धिलाई आकलन गर्दै जाँदा प्रा.लि. दर्तामा उत्प्रेरित भएका हौं ।
४. कुन उद्धेश्य सहित प्रा.लि. दर्ता गर्नुभएको हो ?
जुन प्राविधिक र सीपमूलक शिक्षा धेरै अभिभावक र विद्यार्थीहरुको पहुँच पुग्न सकेको छैन । विपन्न र सीमान्तकृत समुदायको आवाजलाई सोच विचार गर्दै विभिन्न अध्ययन अनुसन्धान परामर्श प्राविधिक शिक्षा तथा व्यवहारिक तालिमबाट जनशक्ति उत्पादन गर्ने उद्धेश्यका साथ सभ्य र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ प्रा.लि. दर्ता गरेका हौं । प्रा.लि. दर्तासँगै अब ग्रामीण बस्तिका अभिभावक र विद्यार्थीहरु पनि प्राविधिक शिक्षा र व्यवहारिक शिक्षाको पहुँचमा थप सहयोग पुग्ने कुरामा यो टिम विश्वष्ट छ ।
५. दर्ता प्रक्रिया सम्बन्धि बताइदिनुहोस्, न ?
नेपालको संविधानको मातहतमा रही कम्पनी ऐन २०६३ अन्तरगत संस्थापित दफा १८ को उप दफा (६) सँग सम्बन्धित रही कम्पनी रजिस्तार कार्यालयमा दर्ता गर्न सकिने व्यहोरा अनुसार प्रा.लि दर्ता भएको छ ।यस प्रा.लि. ले कानुनि मान्यता प्रप्त गरेको छ ।
६. कुन–कुन प्राविधिक तथा सीपमूलक तालिम सञ्चालन हँुदै छ ?
कम्पनी दर्ता पश्चात्््् अहिले प्राविधिक शिक्षाबाट मान्यता लिने प्रक्रियामा छ । हालसालै कम्पनीले गर्न मिल्ने केही तालिम मात्र सञ्चालन गर्न खोजि रहेको छौं । जो छोटा कति दिन भन्ने मात्र गर्छ । जस्मा पाँच दिनदेखि छ महिनासम्मका जनचेतन, मानव संशोधनका लागि तालिम आयोजना गर्न चाहिरहेको छ ।
७. जिल्लामा प्राविधिक शिक्षा र सीपमूलक तालिम हासिल गर्नेको अवस्था कस्तो छ ?
नेपाल गरीव छ, नेपाली पनि गरीव छ नै जो परम्परागत सोच गुरुकुुुल शिक्षा प्रणालीको धारणा अजै पनि छ । देश विज्ञान र प्रविधिसँग खेली रहन जमर्काे गरि रहेको छ । तसर्थ प्राविधिक शिक्षा र सीपमूलक तालिमले दक्ष जनशक्तिमा आमूल परिवर्तन गर्न सहयोग गर्दै छ । यसर्थमा प्राविधिक शिक्षा, सीपको असीमित मूल्य र धेरै महत्व छ ।
८. पत्रिकारिता तालिम कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
यो एउटा सामान्य रोल्पा जिल्लासँग मात्र नजोडेर विश्वलाई हेर्दा सञ्चार जगतमा पत्रकारिता तालिमको महत्व धेरै छ । यो एउटा मानव संसाधन उत्पादनमा एक दायनामिक सप्तवयर जस्तै भइसकेको छ । किन भने सञ्चार र पत्रकारिता, राज्य र जनता बीचमा जोड्ने सूचना आदान प्रदान गर्ने एउटा नयाँ विचार र विमर्श सिकाउने विभिन्न क्रियाकलापसँग जोडिएर विपन्नदेखि सम्पन्नको मन मुटुमा छिर्ने सडकदेखि सत्ता हाक्नसमेत अहिलेको पत्रकारिता र सञ्चार बाक्लो प्रभाव देखिन्छ । त्यसैले यो सबैको सहकार्यमा एकेकार गर्दै अगाडि बढनलाई संघीय व्यवस्थामा सबैको पहुँच विस्तार गर्न यो सञ्चालन गर्न लागेका छौं ।
९. कुन–कुन मापदण्डबाट तालिम सञ्चालन गर्दै हुनुहुन्छ ?
तालिम प्रा.लि.को प्रबन्ध पत्र र नियमावलीमा भएका कानुनी बाधाअड्काउको अधिनमा रही त्यसमा व्यवस्था भए अनुसारको मापदण्डलाई अङगाल्दै सहभागिताको दक्षता क्षमता, श्रम र सीपको बजारिकरणका लागि उत्प्रेरित गर्ने, लामो समय अनुभव प्राप्त रेडियो नेपाल तथा जिल्लाका बरिष्ठ प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने, सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्ने, तालिममा सहभागि बाट खाजा, स्टेशनरी र प्रमाण पत्र बापट रु एक हजार पाँच सय शुल्क सहभागिले बुुुुभाउनु पर्ने, सहभागिलाई तालिम पश्चात् प्रमाण पत्रको व्यवस्था, सहभागिको नागरीकताको फोटोकपि र २ प्रति पि.पि. साइजको फोटो, यदि नागरीकता नभएको खण्डमा आफ्नो वास्तविक नाम र फोटो भएमा पनि फरम भर्न सकिने, सहभागीहरुले खान वस्नको ब्यवस्था आफै गर्नु पर्ने मापदण्ड तय गरेका छौं ।
१०. सहभागि धेरै भए कसरी व्यवस्थापन गर्ने योजना हुनुहुन्छ ?
हामीेले पाँच दिने तालिमलााई प्रभावकारी बनाउने विशेष योजनामा छौं । सहभागिहरुको धेरै सहभागिता भएको अवस्थामा विभिन्न समूहमा विभाजन गरी प्रशिक्षण सञ्चालन गर्ने तयारीमा छौं । थप सहभागि प्रशिक्षार्थीहरुको सल्लाह र छलफल अनुसार प्रा.लि.ले निर्णय गर्दछ ।
११. सहभागि कति बन्ने अनुमान गर्नुभएको छ ?
५०–१०० जनाको हारहारिमा उपस्थिति हुने आकलन गरेका छौं । अझै भन्न सक्ने अवस्था छैन । तालिमको सूचना जिल्लाका सबै सञ्चारमाध्यममा विज्ञापन प्रसारण तथा प्रकाशन भई रहेको छ । माथि उल्लेख गरेको संख्याभन्दा बढि हुन सक्ने सम्भावना छ । हामीले तालिम उद्घाटन दिनसम्म फारम भर्ने व्यवस्था गरेका छौं । यति संख्या भयो भन्ने कुरा सोही दिन मात्र थाहा हुन्छ ।
१२. उत्कृष्ट सहभागिको निम्ति प्रा.लि. के व्यवस्था गरेको छ ?
यो प्रा.लि. दक्ष जनशक्ति उत्पादन गर्ने एउटा पाठशाला हो । त्यसर्थमा सहभागिताको दक्षता क्षमता अनुसार (श्रम सीपको बजारीकरण कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल हुन्छ । यसमा तालिम भइसक्दै साथ रोजगार दिलाउने भन्ने त्यति हुँदैन तर रोजगार वा स्वरोजगारको अवसर ग्रहन गर्नुभन्दा पहिला सम्बन्धित विषयवस्तुुुको दक्षता आवश्यक पर्दछ । त्यसैले प्रा.लि.ले स्वरोजगार तथा रोजगारको अवसर सिर्जनाका लागि तालिम सञ्चालन गर्दै छ ।
१३. प्रा.लि. दर्ता पश्चात् कस्तो प्रतिक्रिया आउँदै छ ?
यो काडाँको आँखामा काँडै सञ्चार फुलको आँखाको फुलै संसार भने झै यो पनि सबैको फरक फरक दृष्टिकोण हुन्छ । यो एउटा अवसर जन्मिएको आभाष भएको छ ।
१४. आगामी योजना बताइदिनुहोस्, न ?
प्रा.लि. आगामी दिनमा राज्य समुदायसँग साक्षतकार गर्दै सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक, कानूनी, स्वास्थ्य, उद्यीमशिल्ता, सञ्चार व्यवस्थापन, सि.टि.भि. तालिम लगातय नियमावली र प्रबन्धक पत्रमा भएका उद्धेश्यलाई आत्मसात गर्दै आगाडि बढ्ने गरी गनतव्यको यात्रा अगाडि बढाएका छौं ।
१५. अभिभावक र विद्यार्थीहरुको विभिन्न इन्स्च्यूट र प्रा.लि. विश्वा घटेको अवस्था छ, नि ?
यो समाजमा नेपालीका शासन सत्ताको व्यवस्थालाई हेर्ने हो भने विगतका राना शासन, राजा, लोकतन्त्र गणतन्त्रर अहिले अभ्यासमा रहेको संघीय राज्य संरचना छ । संघीय व्यवस्थामा सबैको आ–आफ्नै फरक फरक धारणा, विचार, आस्था छ । यो सोच्नु स्वाभाविकै हो । कुनै पनि काम गर्दा सिस्टममा र परिपक्वताले अगाडि बढेको अवस्थामा मनको बाघले हैन वनको बाघले पनि खान सक्दैन भन्ने म लगायत मेरो टिमलाई लागेको छ । त्यसैले यस प्रा.लि.ले आम अभिभाव र विद्यार्थीहरुको विश्वास जित्दै अगाडि बढ्ने यस पत्रिका मार्फत प्रतिवद्धता व्यक्त गर्दछ ।
१६. तालिम वा प्राविधिक विषयको शुल्क निर्धारण कसरी हुन्छ ?
यो विषयमा प्राविधिक शिक्षालयको निर्धारित शुल्क अनुसार हुन्छ भने अन्य क्षेत्रमा सम्बन्धित निकायको साझेदारीमा तालिमको पकृति अनुसार शुल्क निर्धारण हुन्छ ।
१७. स्थानीय सरकार, प्रशासन लगायत सरोकारवाला निकायहरुले पनि के कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
सबैलाई बझेर कानूनी प्रक्रियाबाट मान्यता प्राप्त छ वा छैन बुझ्नु नै पहिलो कुरा हो । सोही अनुसार अभिभावक र विद्यार्थीहरुले भर्ना हुँदा विशेष ध्यान पु¥याउनु पर्दछ ।
१८. प्रा.लि. लगायतका इन्स्च्यूटहरुलाई कमाई खाने भाडाको रुपमा व्याख्या गरेको अवस्थामा हजुरको धारणा के हो ?
स्वभाविक रुपमा सोच्नु ठीककै हो तर वास्तविकता के हो बुझेर विश्लेषण गर्दा राम्रो हुन्छ । शुसान अन्तरगत जवाफदेहीता, सहभागिता र पारदर्शितामा कति दत्तचित्त बुझेको छ वा छैन भन्ने विषयले पनि धेरै अर्थ राख्दछ ।
१९. अन्तिममा महत्वपूर्ण कुरा छुटेका छन्, कि ?
यस पत्रिका मार्फत प्रा.लि.को विषयमा मेरो विचार धारणा सम्पूर्ण पाठक वर्गसम्म पु¥याउने अवसर दिएकोमा पुनः पत्रिका परिवारलाई हार्दिक आभार व्यक्त गर्दछु । प्राविधिक शिक्षा, व्यवहारिक र अप्राविधिक सामुदायिक विद्यालय अन्तररगतका सबैमा शिक्षा धेरै आवश्यक छन्््््् र यो सबैका लागि परिवर्तन मुखी हुनु पर्दछ । यो समय सापक्षे हुनु पर्दछ । साथै यो प्रा.लि.को जन्मसँगै हुन लागि रहेको पत्रकारिता तालिम यो जिल्लामा ए लेबलकै तालिम भएकोले इच्छुक व्यक्तिहरुले निर्धारित समयमा फारम भरी तालिममा सहभागि हुन अनुरोध गर्दछौं ।

You may also like