स्टार यूवा क्लवको सातौं जन्मउत्सव उद्घाटन कार्यक्रम सम्पन्न

रोल्पा समाचारदाता
जेल्बाङ–रोल्पा
स्टार यूवा क्लव सुनछहरी गाउँपालिका–७ जेल्बाङ रोल्पाको सातौं जन्मउत्सव तथा दोस्रो वार्षिक कार्यक्रम रोल्बाङ माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार सम्पन्न भएको छ । जन्मउत्वसको अवसरमा गाउँपालिका स्तरीय विभिन्न प्रतियोगिताहरुको आयोजना गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि वुद्धिजीवि समाज सेवी चन्द्रबहादुर बुढामगरले यूवाहरुको वलिदान र योगदानबाट नै नेपालमा संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा भई कार्यन्वयनको चरणमा भएको धारणा राख्नुभयो । उहाँले समाजिक विकृति विसंगतिहरुको अन्त्य गरी सभ्य सन्दर समाज निर्माणमा युवाहरुको भूमिका आवश्यकता औल्याउनुभयो । यूवाहरुको सार्वङ्गीण विकासको निम्ति स्थानीयतहरुले विशेष प्राथमिकताका साथ योजना बनाई अगाडि बढ्नु पर्ने जोड प्रमुख अतिथि बुढामगरले दिनुभयो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि सुनछहरी गाउँपालिका–७ वडा अध्यक्ष टिकाबहादुर बुढामगर, सोही वडा सददस्य राजबहादुर रोका, नेपाल मगर संघ सुनछहरी गाउँपालिका अध्यक्ष रणबहादुर मगर, रोल्बाङ माध्यमिक विद्यालय जेलबाङ रोल्पाको शिक्षक शिक्षक गणेश बुढा मगर लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका–६ फगाम रोल्पाको वडा सदस्य दिलप्रकाश बुढामगर, वडा सदस्य सानकुमारी बि.क, नेपाली काँग्रेस सुनछहरी गाउँपालिका–७ वडा सभापति विशलाल बुढामगर, स्वास्थ चौकी जेल्बाङ रोल्पाको इञ्चार्ज अमृत राना, प्रहरी चौकी जेल्बाङका इञ्चार्ज सिताराम चौधरी, नेपाल मगर संघ सुनछहरीक गाउँपालिका रोल्पाको अध्यक्ष रणबहादुर मगर, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको समाचारदाता जुनिश कुमार विष्ट, रोल्बाङ माध्यमिक विद्यालय जेल्बाङ रोल्पाका शिक्षक गणेश बुढा मगर, तिलाचन यूवा क्लव घुस्बाङ सेरमका अध्यक्ष सुनकुमार घर्तिमगर, संयुक्त सुनछहरी युवा क्लव स्युरीका अध्यक्ष मनकुमार घर्तिमगर, बिबाङ दह यूवा क्लव गामका कोषाध्यक्ष केशमान बुढामगर, ज्ञानोद्य लुङरी एकता यूवा क्लव जैमाकसलाका सचिव विकाश बि.क लगायतको आतिथ्यता थियो । वार्षिक उत्सवको उद्घाटनको अवसरमा स्टार यूवा क्लवका कलाकारहरुले आफ्नो साङ्गीतक प्रस्तुत गरेका थिए । जसमा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, महिला पुरुष रस्साकसस्सी प्रतियोगिता लगायतका खेलहररू हुने क्लवका अध्यक्ष लालबहादुर पुनमगरले जानकारी दिनु भयो । साथै पुरुष भलिबल प्रतियोगितामा १७ टिम र महिला भलिबल प्रतियोगितामा पाँच टिमको सहभागी रहेको आयोजकले बताएको छ । स्टार यूवा क्लव सूनछरी गाउँपालिका–७ जेल्बाङ रोल्पाका अध्यक्ष लालबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष जेनिशा बुढामगरले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष प्रेमकुमारी बुढामगरले गर्नुभएको थियो ।

You may also like