परम्परागत कला, संस्कृति, भेष, भूषाको संरक्षण प्रर्वद्धनमा परिषद्, नेपालले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छः प्रमुख अतिथि बुढामगर

कार्तिक ४ गते
लिबाङ रोल्पा


नेपालको परम्परागत कला, संस्कृति, रीतिरिवाजको संक्षण र प्रर्वद्धनमा महत्वूर्ण योगदानको भूमिका निर्वाह गर्दै आएको सम्मेनलको प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले बताउनुभयो । उहाँले यस्तो धारणा लोकवार्ता परिषद्, नेपालको आज लिबाङमा आयोजित ९ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो–“नेपाल बुहजातिको बसोबास भएको राष्ट्रमा स्वभाविकै रुपमा बहुभाषा, बहु भेष भूषा, बहु धार्मिक, बुह संस्कृति, बहु रीतिरिवाज, बहु संस्कार परम्परागतदेखि चलन चल्तिमा आएका छन् तर पछिलो समयमा ति सबै लोपन्मुख अवस्थामा छन् । लोकवार्ता परिषद्को ९ औं राष्ट्रिय सम्मेलनले ति उन्मुख पराम्पारगत कला, संस्कृति, भेष भूषा, रीतिरिवाजहरुको संरक्षण तथा प्रर्वद्धनमा थप टेवा पुग्ने विश्वास म व्यक्त गर्दछु ।

” उहाँले आफ्नो भनाईमा थप्नुभयो, समृद्ध र विकासका लागि नेपालमा विकसित राष्ट्रबाट पाठ सिक्नु आवश्यक छ तर कला, संस्कृति, रीतिरिवाजहरुको सन्दर्भमा आफ्नै देशको परम्पारगत कला, संस्कृति, रितिरिवाज नै कायम गर्न आवश्यक छ । रोल्पा जिल्ला पनि परम्परागत कला, संस्कृति, संस्कार, भेष भूषाको धनि जिल्ला भएको हो तर पछिल्लो समयमा ति सबै लोकपन्मुख अवस्थाका कला, रीतिरिवाजहरु, संस्कारहरुको संरक्षण प्रर्वद्धनमा यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख अतिथि बुढामगरले व्यक्त गर्नुभयो । परम्परागत कला, संस्कार, रीतिरिवाजहरुको संरक्षणबाट पर्यटक भित्र्याउने वातावरण सिर्जना भएको खण्डमा नेपाल सरकारको प्रमुख नारा समृद्ध राष्ट्र , सुखी नेपाली भन्ने नारा समेत सार्थक पाउने धारणा उहाँले व्यक्त गर्नुभयो ।


त्यैगरी कार्यक्रममा लोकवार्ता परिषद्, नेपालको दोय सल्लाहकार प्रा.डाक्टर चुडामणी बन्धु, पूर्व माननीय बमकुमारी बुढामगर, रोल्पा नगरपालिकाको नगर प्रमुख पूर्ण के.सी, सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, सुन्छहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुनमगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतका अतिथिहरुले शुभ कामना मनतव्य व्यक्त गर्नुभयो । जिल्लाका जेष्ठ नागरिक, जेष्ठ उद्यमी महिला, सम्मेलनको सहयोगी निकायहरुलाई सम्मान पत्र र कदर पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न आमा समूह, नचारु टिम लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । आज विभिन्न २३ ओटा शीर्षकको कार्य पत्र समेत प्रस्तुत भएको छ । सम्मेलनको अवसरमा परिवर्तन गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, स्वर्गद्वावारी नगरपालिकासम्म पुग्ने कार्य तालिम आयोजकले तय गरेको छ ।

लोकवार्ता परिषद्, नेपालको अध्यक्ष प्रा. डाक्टर प्रेमकुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लोकवार्ता परिषद्, रोल्पाको सदस्य सचिव दामोमर्सिफुलले गर्नुभएको थियो भने स्वागत लोकवार्ता परिषद्, नेपालको उपाध्यक्ष प्रा.डाक्टर कपिलदेव लामिछानेले गर्नुभएको थियो ।

You may also like