सबैको सहमति र सहकार्यमा प्रदेशको समृद्धिमा लाग्ने मुख्यमन्त्री महराको प्रतिवद्धता

मानसिंह विश्वकर्मा चैत्र २७ गते

देउखुरी उपत्यका

This image has an empty alt attribute; its file name is jb.jpg


लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सबैको सहमति, सहकार्यबाट लुम्बिनी प्रदेश र प्रदेशबासीहरुको समृद्धिमा पूर्ण रुपले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज आफ्नो कार्यकक्षमा बधाई तथा शुभकामना दिने नेता कार्यकर्ता एवं शुभचिन्तकहरुसँग कुरा गर्दै बताउनुभएको हो । उहाँले लुम्बिनी प्रदेश र प्रदेशबासीको हितमा काम गर्नका लागि सबैको सहमति, सहकार्यतालाई अगाडि बढाएरमात्रै विकास गर्न सकिने कुरा बताउँदै त्यसका लागि साझा एजेण्डामा एक हुन सबैलाई अपिल गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा शुशासन, भ्रष्टचारी प्रवित्रिीको अध्ययन गर्दै अगाडि बढिने बताउनुभयो ।
उहाँले पहिलो कार्य राजधानी देउखुरीमा राजधानीमा सहभागी हुने नागरिकहरुको उपचारको लागि विशेषज्ञ सेवासहितको अस्पताल निर्माण गर्न योजना गर्ने तिर लागेको बताउनुभयो । उहाँले जनताको जनजीविकाको सवाललाई सम्वोधन गर्नका लागि प्रयास गरिने बताउनुयभो । उहाँले उहाँले राजनीतिक दलहरुकोहरुको सहकार्यतामा प्रदेशलाई समृद्धिका लागि पहलकदमी लिने बताउनुभयो । उहाँले सरकारलाई पूर्णता दिनका लागि विश्वासको मत लिएमा मात्रै विस्तार गरिने समेत बताउनुभयो ।

You may also like