जिल्लाको शिक्षा विषयमा साझा सभा कार्यक्रम सम्पन्न

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

पारिस्पारिक जवाफदेहिता परियोजना कार्यक्रम अन्तर्गत आज जिल्लाको शिक्षा विषयमा जिल्लाका सरोकारवाला निकायहरुको बीच साझा सभा कार्यक्रम जिल्ला समान्वय समिति रोल्पाको नयाँ हल लिबाङमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख एवं जिल्ला शिक्षा समिति रोल्पाका संयोजक राजबहादुर बुढामगरले ग्रेडिङ प्रणालीको बारेमा विद्यार्थीहरुलाई शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुले स्पष्ट पार्न सक्दा परीक्षाको नतिजा कम्जोर आएको बताउनुभयो । ग्रेडिङ प्रणालीको धेरै फाइदा भएपनि अब एस.ई.ई. परीक्षामा अनुउत्तिर्ण भएको अवस्थामा परीक्षार्थीले आत्म हत्या लगायतका मानसिक तनावको समस्या न्यून हुनु जस्ता बाह्य नकरात्मक प्रचारकोकारण विद्यार्थीमा अध्यायन गर्ने बानिको ह्रासले पनि विगतको परीक्षाको तुलनमा वर्तमानको नतिजा कम्जोर आएको धारणा व्यक्त बनाउनुभयो । गे्रडिङ प्रणालीको बारेमा आम विद्यार्थीलाई स्पष्ट बनाएको अवस्थामा जिल्लाको परीक्षा नतिजा सुँधार हुने संयोजक बुढामगरले बताउनुभयो । आगामी दिनमा जिल्ला शिक्षा समिति रोल्पा र स्थानीयतहले साथै ग्रेडिङ प्रणालीको बारेमा विशेष कार्यक्रम तय गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । रोल्पा नगरपालिकाको प्रमुख पुर्ण के.सी.ले रोल्पा नगरपालिकाको शिक्षा क्षेत्रको सुँधारको लागि बाध्यकारी नीति निर्माणसँगै व्यवसायीक पाठ्याक्रम लागूको तयारीमो रहेको बतउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी, स्रोत व्यक्ति राजेश धिताल, जिल्ला शिक्षा समिति रोल्पाका सदस्य कृष्णबहादुर घर्तीमगर, नेपाली काँग्रेस रोल्पाका उपसभापति किशोर आचार्य, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाको प्रमुख मनोज ढकाल, शिक्षा प्रेमी चिन्तामणी आचार्य, अधिवक्त जितविक्रम मल्ल, गैर सरकारी महासंघ रोल्पाका अध्यक्ष कर्णबहादुर बाठा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, एकीकृत परियोजना कार्यक्रमका कार्यक्रम अधिकृति कुमार पोख्रेल लगायतका सरोकारवाला निकायहरुले जिल्लाको शिक्षको अवस्थामा धारणा राख्नुभयो । ग्क्ब्क्ष्म् र ँज्ष्३६०को आर्थिक सहयोगमा मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) नेपालद्वारा सञ्चाललित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत साझा सभा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण पत्रकार दिनेश सुवेदीले गर्नुभएका थियो ।

You may also like