रोल्पा जिल्लाको विभिन्न ठाउँमा मोतियाविन्दु आँखा जाँच शिविर सञ्चालन हुँदै

रोल्पा जिल्लाको विभिन्न ठाउँमा मोतियाविन्दु आँखा जाँच शिविर सञ्चालन हुँदै
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is i2.jpg


रोल्पा, माडी गाउँपालिका, रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका र थबाङ गाउँपालिकाको विभिन्न स्थानमा आजदेखि मोतियाविन्दु आँखा जाँच शिविर सञ्चालनको तयारी भएको छ । शिविरबाट आँखा जाँच गर्न समस्यामा परेको आँखाका विरामीहरुलाई सहज हुने भएको छ ।
माडी गाउँपालिका २ नं. वडा घर्तिगाउँ बजारमा २०७८ साल वैशाखको ८, ९ र १० गते तिलगंगा आँखा प्रतिस्ठान काठमाण्डौं, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजनामा मातियाविन्दु सम्बन्धि आँखाको निःशुल्क अप्रेशन शिविरलाई मध्यनजर विभिन्न स्थानीय तहहरुको विभिन्न स्थानहरुमा मोतियाविन्दुको आँखा जाँच शिविर सञ्चालनको तयारी आयोजकले गरेको छ ।

निर्धारि

This image has an empty alt attribute; its file name is i1.jpg

त समयमा आफुलाई पायक पर्ने स्थानको शिविरमा उपस्थित भई आफ्नो आँखाको मोतियाविन्दु जाँच गर्न आयोजकले अनुरोध गरेको छ । मोतियाविन्दु जाँच शिविर २०७७ साल चैत्र १५ गते माडी गाउँपालिका ६ नं. वडा मिनाही स्वास्थ्य चौकी, १६ गते माडी गाउँपालिका ५ नं. वडा भाबाङ पाछाबाङ, १८ गते माडी गाउँपालिका ३ नं. वडा तालाबाङ, १९ गते माडी गाउँपालिका १ नं. वडा पेदीखोला, २० गते परिवर्तन गाउँपालिका २ नं. वडा राङ्सी, २१ गते परिवर्तन गाउँपालिका १ नं. वडा कुरेली, २२ गते परिवर्तन गाउँपालिका ५ नं. वडा राङ्कोटको मौलाबोट, २३ गते परिवर्तन गाउँपालिका ३ नं. वडा बागमारा, २४ गते परिवर्तन गाउँपालिका ४ नं. वडा पाछाबाङ, २७ गते गंगादेव गाउँपालिका २ नं. वडा सुखाओडार, २८ गते गंगादेव गाउँपालिका ६ नं. वडा राँक स्वास्थ्य चौकी, ३१ गते थबाङ गाउँपालिका ३ नंं वडा टुटु बजार, २०७८ साल वैशाख १ गते थबाङ गाउँपालिका २ नं. वडा थबाङ स्वास्थ्य चौकी, १ गते रोल्पा नगरपालिका ७ नं. वडा माडिचौर स्थित बाल उद्य माध्यमिक विद्यालय, ३ गते थबाङ गाउँपालिका ५ नं. वडा उवा स्वास्थ्य चौकी, ५ गते रोल्पा नगरपालिका ६ नं. कोटगाउँ स्वास्थ्य चौकी, ६ गते त्रिवेणी गाउँपालिका ७ नं. वडा गैरीगाउँ तिला बजारमा शिविर आयोजना गरिएको छ । अप्रेशन गर्नुपर्ने विरामीले खाना र बस्ने व्यवस्था आफै गर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डि.वी. घर्तीमगरले जानकारी दिनुभयो । उहाँले जिल्लाको विभिन्न स्थानीय तहहरुको स्थानमा आयोजित मोतियाविन्दु आखा चेक जाँच शिविरको तयारी पूरा भइसकेको बताउनुभयो ।

You may also like