रोल्पाका दलित अगुवाहरु रोल्पा जिल्लाको समग्र विकास प्रधानमन्त्री र अर्थममन्त्री लगायतसँग भेटघाट गर्ने
रोल्पा समाचारदाता
चैत्र २४ गते ÷

This image has an empty alt attribute; its file name is dalit-sanarya-1024x766.jpg

रोल्पा नगरपालिका वडा नं. ६ कोटगाउँमा निर्माणर्धिन राष्ट्रिय दलित संङ्ग्रालयको विकासका लागि दलित नेतृत्वसँग दलित सञ्चालन तथा व्यवस्थापन समितिका कार्यसमितिका पदाधीकारीसहितको टोली काठमाण्डौमा पुगेको छ । टोली शुक्रबारदेखि काठमाण्डौंमा पुगेको टोलीले रोल्पा जिल्लाका दलित समुदाय र रोल्पा जिल्ला विकासका बारेमा मन्त्रालयमा छलफल गरिने जनाएको छ ।
रोल्पामा बनिरहेको नेपालकै नमूना राष्ट्रिय दलित संग्रालयकोलाई पूर्णताका लागि नेपाल दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष दलजित सिर्पाली, मोर्चाका उपमहासचिव एवं जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, राष्ट्रिय दलित संग्रालय सचिव दामोदर विक, सदस्य रुपबहादुर परियार (करण) लगायतको टोली काठमाण्डौँ विभिन्न मन्त्रालयमा गएर छलफल गरिरहेको छ । सो टोलीले अर्थमन्त्री वर्षमान पुनमगर, प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटघाट गर्ने कार्यक्रम रहेको राष्ट्रिय दलित संग्रालयका अध्यक्ष एवं पत्रकार महासंघका निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्माले बताउनुभयो ।
भेटघाट क्रममा राष्ट्रिय दलित संग्राहलय निर्माणका लगायत विभिन्न विषयमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरीराजमणी पोख्रेल, पूर्व डिभिजन कमाण्डर एवं माओवादी केन्द्रका नेता शुकबहादुर रोका (सरद) लगायतको टोलीसँग निकै महत्वपूर्ण छलफल समेत गरिएको थियो । सो टोलीले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा,पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनमगर (पासाङ), पूर्व मन्त्री जयपुरी घर्तीमगर, पूर्व सभामुख ओनसरी घर्तीमगर, राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदी लगायतसँग भेटघाट गरी रोल्पा जिल्लाको समग्र विकसका लागि छलफल गरी रोल्पा जिल्लाका जनताको सुझाव समेत छलफल गरिने जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियारले बताउनुभएको छ ।

You may also like