३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अघि बढ्ने, ६ वर्षभित्र उत्पादन थाल्ने


प्रेजु खनाल,काठमाडौ

चैत्र २०

This image has an empty alt attribute; its file name is yajana-1-1024x766.jpg


३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो लगानीमा ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढेको हो ।
आयोजनाको पावर पर्चेज एग्रीमेन्ट (उर्जा खरिद बिक्री सम्झौता) पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा फाइल पुगेको प्राधिकरणका निर्देशक राजन ढकालले जानकारी दिए। प्राधिकरणसँग पीपीए भएपछि आयोजना कार्यान्वयन जाने निर्देशक ढकालको भनाइ छ ।
टाईम्स ईनर्जीको लगानीमा सन् २०३० सम्ममा आयोजना पूरा भइ व्यवसायिक उत्पादनमा जाने टाईम्स ईनर्जीका अध्यक्ष दीपक मल्होत्राले बताए । प्रतिमेगावाट १६ करोड लागतमा आयोजना प्रस्ताव गरिएको छ । परियोजनाको कुल लागत ५५ अर्ब ५७ करोड छ ।
मल्होत्रा सहितका व्यवसायीहरूको लगानी रहेको यस प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनामाको विषयमा मंगलबार विद्युत विकास विभागमा सार्वजनिक सुनुवाइ भएको थियो ।
हाल जलविद्युत क्षेत्रमा उत्साहको वातावरण बनेको नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले दाबी गरे । निजी क्षेत्रले जलविद्युतको लाईसेन्स पाउन विगतमा निकै सकस भए पनि अब नीतिगत सुधारका कारण सहज भएको उनको भनाइ छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले पर्यावरणीय सवालमा आयोजना गम्भीर बन्न सुझाएका थिए । सरोकारवालाहरुले पर्यावरणमा गम्भीर नबन्दा आयोजना प्रभावित बन्ने मात्रै नभई स्थानीयले विपत्ति भोगेको स्मरण समेत गराएका थिए ।
जिज्ञासाको जवाफ दिँदै मल्होत्राले यस विषयमा आफू गम्भीर रहेको प्रष्ट्याएका थिए । यो आयोजना पिकिङ रन अफ द रिभर प्रकृतिको हुनेछ । गोरखाको धार्चे १ र चमुनुब्री ३ मा आयोजना निर्माण हुनेछ । आयोजनाको विषयमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्राविधिक परामर्शदाता प्रेम केसीले आ योजनाको प्राविधिक र लागतको विषयमा प्रस्तुतीकरण गरेका थिए । आयोजनाका प्रवर्द्धक तथा टाईम्स ईनर्जीका संस्थापक अध्यक्ष सीएम बाँस्कोटाले उठेका सवालहरूको जवाफ दिएका थिए ।

You may also like