अखिल (क्रान्तिकारी) र बालकल्याण नमूना मा.वि.को वार्ताबाट ६ वुदे सम्झौता

अखिल (क्रान्तिकारी) र बालकल्याण नमूना मा.वि.को वार्ताबाट ६ वुदे सम्झौता


This image has an empty alt attribute; its file name is s2.jpg

खुम बहादुर सुनार
६ पौष, लिबाङ रोल्पा ।
रोल्पा नगरपालिका–२ लिबाङ रोल्पा स्थित बालकल्याण नमूना माध्यमिक विद्यायलयमा नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) २०७८ साल मंसिरको २६ गतेदेखि लगाएको तालाबन्दी आजबाट खुलेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश न्यौपाने, विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेल, शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम राको, विद्यालय व्यवास्थापन समिति सदस्य जीत बहादुर डाँगी, अखिल (क्रान्तिकारी) रोल्पा जिल्ला इञ्चार्ज केशव कवर, जिल्ला अध्यक्ष हरी बहादुर वली र जिल्ला उपाध्यक्ष सीज कुमार घर्तीको संयुक्त वार्तामा ६ वदे सम्झौ भएको छ । जसमा १. बालकल्याण नमूना माध्यमिक विद्यालय लिबाङ रोल्पाले कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीमध्ये (अतिविपन्न र शहीद परिवार)लाई १५ प्रतिशत विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा विद्यालयको स्रोतबाट खर्च व्यहोर्ने गरी पठनपाठन गराउने, कक्षा ११ र कक्षा १२ मा पठनपाठन गर्ने अतिविपन्न र शहीद परिवारका ५ प्रतिशत विद्यार्थीलाई विद्यालय स्रोतबाट खर्च व्यहोर्ने, शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि कक्षा १०सम्म क्रमशः १० प्रतिशत हरेक वर्ष थप विद्यार्थीलाई विद्यालयको स्रोतबाट पठनपाठन गराउँदै जाने, २. स्थान्तरण प्रमाण पत्र शुल्क सम्बन्धमा स्थानीय तहका शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाई रोल्पासँग समन्वय गरी शुल्क एक रुपता गर्न पहल गर्ने, पहल पश्चात् निर्धारण गरिएको शुल्क कार्यान्वय गर्ने, ३. विद्यालयका होस्टेल बस्ने कक्षा १०का ५ प्रतिशत अति गरीव विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिने, अभिभावक कोष पार्दशीका लागि विद्यालयमा रहेको बाल क्लव, अभिभावक तथा विद्यालय व्यवस्थापन समिति साम्मीलित संयन्त्र बनाई कार्यान्वयन गर्ने, ४. विद्यार्थी संगठनले माग पेश गर्ने समयमा कक्षा ६ का केही पाठ्यपुस्तक उपलब्ध नभएकोमा प्रधानाध्यापक मधुसुदन पोख्रेलको पहलम हाल पुस्तक उपलब्ध भइसकेको समीक्षा सहित आगामी शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक उपलब्धका लागि पहल गर्ने, ५. शिक्षा ऐन नियमावली तथा आचार संहितामा उल्लेख गरिएका आचारण पालनाका लागि प्रधानाध्याप मधुसुदन पोख्रेलले विद्यालयका शिक्षक कर्मचारीहरुलाई निर्देशन दिने, ६. २०७८ साल मंसिरको २६ आइतबार विद्यालयको प्रशासन र लेखा शाखामा गरिएको तालाबान्दी आजै अखिल (क्रान्तिकारी)ले खोल्ने सहमति भएको विद्यालयले बताएको छ

You may also like