विद्यार्थीसँग गाउँपालिका अध्यक्ष

मंसिर, ३० गते
सुलिचौर रोल्पा ।


सुनिल स्मृति गाउँपालिकामा सञ्चालित विद्यार्थीसँग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत आज विद्यार्थीसँग अध्यक्ष कार्यक्रम रामेश्वरी माध्यािमक विद्यालय घोडागाउँमा सम्पन्न भएको छ ।
गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के–के रहेका छन् भन्ने यथार्थ बुझ्नका लागि नै विद्यार्थीसँग गाउँपालिका अध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । गाउँपालिका अध्यक्ष घर्ती सहितको एक टोलि उक्त विद्यालयको प्राङ्गनमा पुग्दा पहिलो घण्टी लागि सकेको थियो । टोलिमा गाउँ कार्यपालिका सदस्य तुलसी सुनार, शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल र प्रध्यानाध्यापक रेगम जि.सी. सहित अध्यक्ष कक्षा १० मा प्रवेश गर्नुभएको थियो । पहिलो घण्टीमा अंग्रेजी विषयको पढाई चलिरहेको थियो । अध्यक्ष घर्ती सहितको टोलि कक्षा कोठाको प्रवेश गरी अन्तिम बेञ्चमा विद्यार्थी झै बस्नु भयो, अङ्ग्रेजी विषयको कक्षा लिनु भयो अगाडि शिक्षिका सरस्वती रायले पढाई नै रहनुभयो । ११ बजे दोश्रो घण्टी लाग्यो र शिक्षिकाले आफ्नो दैनिक शिक्षण क्रियाकलाप अनुसार पहिलो घण्टी सक्याउनुभयो ।

शिक्षिकासँग अध्यक्ष सहितको टोलि सुझाव तथा सल्लाह दिनुभयो र शिक्षिका कक्षा बाहिर निस्कनुभयो । दोश्रो घण्टी विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका लागि अनुमति लिदै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले समग्र कार्यक्रमबारे विद्यार्थीहरुलाई प्रष्ट पारी अन्तक्रिया कार्यक्रमको सहिजरण गर्नुभएको थियो । विद्यार्थीहरुले क्रमशः आफ्नो जिज्ञासाहरु राख्नुभएका थिए । भने अध्यक्ष, कार्यपालिका सदस्य तथा शिक्षा शाखा प्रमुख विद्यार्थीहरुबाट आएका जवाफहरुको प्रष्टसँग जवाफ दिनुभएको थियो । विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभएको प्रेस संयोजक भारद्धाजले बताउनुभयो ।

You may also like