रोल्पा जिल्लामा लापा कार्यान्वयनमा अब १० वडा थप हुने

मानसिंह विश्वकर्मा
२०७४ माघ २९ गते


विश्वमा जलवायू परिवर्तनले पारेको असर न्यूनिरकणका लागिड विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेलामा रोल्पा जिल्लामा पनि पहाडी किसानका लागि अनुकुलन आयोजना (आशा) कार्यक्रम सञ्चालित छ । पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय इकाइ रोल्पाको आयोजनामा सोमबार लापा कार्यन्वयन सचेतना गोष्ठी रोल्पा उद्योग वाणिज्य संघको हल लिबाङमा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको कार्यक्रममा रोल्पा जिल्लाका ३ वटा स्थानीयतहका गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र अन्य सरोकारवाला निकायसँंग छलफल तथा अन्तरक्रिया समेत सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर बुढामगरले विश्वमा यो बहसको विषय भइरहेको बेलामा यसको न्यूनिकरणका लागि अनुकुलनका लागि योजना आवश्यक रहेको बताउँदै रोल्पा जिल्लाका सबै गाउँपालिकमा आवश्यक रहेको बताउनुभयो । उहाँले यो मानव क्रियाकलाप र व्यवहारबाट पनि जलवायू परिवर्तनलाई न्यूनिकरण गर्न सकिने तर्क राख्नुभयो ।
यस्तै पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई केन्द्रीय संयोजक पशुपतिनाथ कोइरालाले नेपालमा अनुकलन योजना निर्माण सँगै कार्यन्वयन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारको निकै महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै यसको सफलताको लागि सबैलाई लाग्न अनुरोध गर्नुभयो । उहाँले रोल्पा जिल्लामा सबै भन्दापछि कार्यालय स्थापना भएपनि राम्रो र दु्रत गतिमा भइरहेकोमा कर्मचारी एवं सरोकारवाला निकायलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा आशा जिल्ला संयोजक नारायण देवभट्टराइले रोल्पा जिल्लाका किसानको मागका आधारमा काम गरिरहेको बताउँदै किसानको आयआर्जनका लागि पशुपालन, कृति, फलफूल तथा अन्य क्षेत्रमा पनि सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा लापा संयोजक बासुदेव पौडेल, जिल्ला जलवायू परिवर्तन विज्ञ युवराज गुरुगाई, जिला जिएस विज्ञ बिशाल कुमार रायमाझीले रोल्पा जिल्लाको जलवायू परिवर्तनले पारेको प्रभाव, असरका बारेमा बताउँदै यसको न्यूनिकरणका लागि विभिन्न योजना अगाडि बढाइएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका उपाध्यक्ष विमला बुढा थापा, त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगर, सुवर्णावती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ, जिल्ला पशु सेवा कार्यालय रोल्पाका वरिष्ठ पशु चिकित्सव गान्धी उपाध्याय, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोरकुमार आचार्य, नेकपा माओवादी केन्द्रका फविन्द्र आचार्य लगायत अन्य सरोकारवालाको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम पछि बसेको बैठकले हाल तीन वटा गाउँपालिकाका केही वडामा सञ्चालन भएकोमा आगामी दिनमा रोल्पा जिल्लाका जलवायू परिवर्तनको तथ्याङ्क सार्वजनिक गरी उच्च जोखिममा रहेका १० वटा वडामा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

You may also like