कुशल कमाण्डर भिमको असामयिक निधन


समाचारदाता
माघ ६ गते

This image has an empty alt attribute; its file name is bhim.jpg


जनयुद्धकालका जनमुक्ति सेनाका एक कुशल कमाण्डरको निधन भएको वर्गिय आन्दोलनका कुशलकमान्डर भिमप्रकाश पुनमगरको निधन भएको छ । शनिबार राती हडअत्याक भएर निधन भएको वडा अध्यक्ष अमरजित पुनमगरले बताउनुभएको छ ।
लामो समयसम्म जनमुक्ति आन्दोलनमा लागेर देश र जनताको मुक्तिको लागि आफ्नो जीवनलाई हत्केलामा राखेर देशको लागि योगदान दिनुभयो । जनमुक्ति सेनामा लामो सयम कार्यरहदा उहाँले कमाण्डरको जिम्मेवारी पाउनु भएको थियो । बर्ग संघर्ष, समाजिक आन्दोलनका एक अथक योद्धा पूर्व जनमुक्ति सेना नेपालका कमाण्डर रहनुभएको थियो । हाल नेकपा (माओवादी केन्द्र) सुनछहरी गाउँ समिति रोल्पाका सचिवालय सदस्य तथा वडा नं ६ फगामका पार्टी ईन्चार्जको जिम्मेवारी पूरा गर्दै हुनुहुन्थ्यो । राजनीतिकका साथ साथै नेपाल राष्ट्र्यि मा.वि.फगामका बि.व्य.स.अध्यक्ष समेतको जिम्मेवारी निर्वाह गर्दै हुनुहुथ्यो । उहाँको दुखद निधन भएपछि अध्यक्ष अमरजित पुनमगरले सामाजिक सञ्जाल मार्फत लेख्नुभएको छः—“हाम्रो गाउ समाजलाई अपुरणिय क्षति भएको छ, हार्दिक श्रद्धाञ्जली भिम भदै शोकाकुल तपाईंको जीवन संगीनी साना साना दुई नानी बाबूप्रति गहिरो सम्वेदना ब्यक्त गर्दछु । अलविदा” पुनमगर लेख्नु हुन्छ ः–“तपाईंको अकल्पनिय, अपत्यारिलो मृत्यु बरणले धर्ती आकाश एकैपटक चलमलाए जस्तो भएको छ , उषा किरण पनि अन्धकार भए जस्तो भएको छ, हाम्रो गाउँको एउटा दरिलो खम्बा ढलेको छ, गाउँ समाज परिबर्तनको लागि सधैं अग्रसर हुने एउटा मिल्ने साहसिलो साथी सधैंको लागि छुट्टीएको छ । तपाईं हामीले गर्नु पर्ने कैयौ अबिभाराहरु थिए आज बिचमै अलपत्र परेको छ, युद्धको कैयौ भीषण मोर्चाहरु जितेर एउटा कुशल योद्दा साबित गर्ने तपाई आज आँफैलाई जित्न सक्नु भएन मृत्यु स्विकार्नु प¥यो तपाईंको लागि धेरै लेख्ने शब्द नै छैन म सँग अन्तिम पटक हार्दिक श्रद्वाञ्जली । ”
उहाँको निधनमा नेकपा (माओवादी केन्द्र) का विभिन्न नेता, कार्यकर्ताहरु, पूर्व जनमुक्ति सेनाका सदस्य, घाइते अपाङहरु योद्धाहरुले तथा सामाजिक अभियान्ता त्यस क्षेत्रको अधिकाशंक नागरिकहरुले दुख व्यक्त गरेका छन् ।

You may also like