“जनमुखी पार्टी बनाउनको लागि मेहनत गर्नुपर्दछ ” —उपमहासिचव अनन्त


मानसिंह विश्वकर्मा

This image has an empty alt attribute; its file name is parti-parchain56.jpg


माघ ५ गते नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनमगर ‘अनन्त’ले माओवादी केन्द्रले आफ्नो जनमुखी, विचार, सिद्धान्तलाई आम जनताको माझमा लगेर जनताको पार्टी बनाउनको लागि सबै नेता कार्यकर्ताले मेहनत गर्नुपर्ने बताउनुभयो । नयाँ ढंगको पार्टी निर्माण गरेर मात्रै माओवादी आन्दोलनको रक्षा र विकास गर्न सकिने बताउनुभयो । उहाँले यस्तो विचार नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिकाद्वारा घर्तीगाउँमा आयोजित पार्टी प्रशिक्षणमा सहभागी कार्यकर्ताहरुलाई सम्वोधन गर्ने बेलामा बताउनुभएको हो ।
पार्टीको फागुन १ देखि ३ गते हुने विधानसम्मेलनबाट पार्टीलाई नयाँ ढंगले सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले पार्टीलाई विधि पद्धतीमा चलाउनको लागि पार्टीले नयाँ ढंगले अगाडि बढेको बताउनुभयो । राजनीतिक कार्य दिशासही भएकाले जनताको बीचमा माओवादी स्थापित रहेको बताउनुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले सामाजिक न्याय, समृद्धि, शुसासनलाई नयाँ ढंगले अगाडि बढाएको समेत बताउनुभयो ।
कार्यकर्ताहरुले उठाएको प्रतिनिधी सभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनको समीक्षा बारेमा पार्टीको गठबन्धनको पक्षमा रहेको भए पनि रोल्पाको अवस्थामा सिजलले विद्रोही उठेर विजय भएपछि हाल माओवादी केन्द्रमै आइसकेपछि सबै कुरा साम्य भएको बताउनुभयो । तर अझै त्यसलाई आगामी दिनमा शिक्षको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगर सिजलले सँंसारको सबै भन्दा बलियो धातु फलाम भएपनि वाह्यशक्तिले भन्दा पनि खिया लागेर नै कमजोर भइरहेको बताउँदै माओवादीलाई सुधार गर्ने हो भने आफै भित्र सुढृत गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनमा आफ्नो इच्छा चाहना भन्दा पनि रोल्पाको बस्तुगत आवश्यकता, कार्यकर्ता, घाइते, अपाङ्ग र जनताको मागको आधारमा आफूले उमेदवार दिएको बताउनुभयो । उहाँले निर्वाचनको बेलामा भएको भए पनि हाल वर्षमान र आफ्नो विचमा कुनै पनि असमझदारी नभई सहमति र सहकार्यबाट अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश समिति सदस्य एवं माडि गाउँपालिका इन्चार्ज नन्दबहादुर पुनमगरले स्थानीयको निर्वाचनकोकारणले गर्दा संघ र प्रदेशको निर्वानमा केही समस्या भए पनि हाल हल भएको बताउनुभयो । उहाँले माडी गाउँपालिकामा दुइवटा निर्वाचनमा माओवादी केन्द्रका विरुद्ध सबै एक हुदाँ पनि विजयी बनाएको बताउँदै आगामी २०८४ मा पनि विजयी प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राजबहादुर बुढामगर, नेकपा (माओवादी केन्द्र) का बैकल्पीक केन्द्रीय सदस्य सुरेन्द्र थापा घर्तीमगर, जनवादी कलाकार झनकार बुढामगर, गर्जन आरोही लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का माडी गाउँपालिका का.वा. अध्यक्ष भरत बुढामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव विरबहादुर घर्तीमगर (हावा)ले सञ्चालन गर्नुभएको थियो ।

You may also like