नेपाल कमर्सियल आर्टिष्ट संघ रोल्पाको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा पुन

समाचारदाता
माघ ६ सुलिचौर, रोल्पा

This image has an empty alt attribute; its file name is art-sangh2.jpg

नेपाल कमर्सियल आर्टिष्ट संघ रोल्पाको प्रथम जिल्ला भेला रोल्पाको सुलिचौरमा सम्पन्न भएको छ ।
प्रथम जिल्ला भेलाबाट गञ्जबहादुर पुनमगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । भेलाले गन्ज बहादुर पुन अध्यक्ष, उपाध्यक्ष भिमरासी गुरुङ, सचिब देउमान रोका क्षेत्री, कोषाअध्यक्ष यामबहादुर बुढामगर, सदस्यहरु दल रोकामगर, श्रीनारायण चौधरी, महेन्द्र पुन मगर, सुनिल बुढामगर, विकल गुरुङ, इच्छा बुढामगर, विजय थापा मगर, नरेन्द्र विष्ट, कमल घर्तीमगर रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल कमर्सियल आर्टिष्ट संघका केन्द्रीय सदस्य कमलले नेपालमा सरकारले लेखन कलाकारहरुलाई चिन्न नसकेको बताउनुभयो । उहाँले नेपालको परिबेशमा कलाकारिता मात्रै नभएर बाटो देखाउने मानिस भएको बताउनु भयो । उहाँले भन्नुभयो लेखेर राष्ट्रपति भबन प्रधानमन्त्री कार्यालय देखाउन सकेका छौँ । उहाँले कला र कलाकारिता बचाउनको लागि सबै सरकारी कार्यालयमा हस्त लिखित बोर्ड राखेको भएपनि नेपालका तिनतहको सरकारले कलाको सम्मान गर्न नसकेको बताउनुभयो । आगामी दिनमा एकताबद्द भएर अगाडि बढ्न अपिल समेत गर्नु भयो । यस्तै नेपाल कमर्सियल आर्टिष्ट संघ रोल्पाको सल्लाहकार कलाकार रामचन्द्र शेष्ठले कलाकारिताबाट समाजको सेवा गरिरहेको बताउनुभयो उहाँले आफुले सधैं कलाकारिताबाट समाजको सेवा गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासङघका निवर्तमान अध्यक्ष तथा नेपाल कमर्सियल आर्टिष्ट संघ रोल्पाका प्रेस सल्लाहकार मानसिंह बि.क.ले सङगठनमा सबैलाई गोलबन्द गरि अगाडि बढेर समाजमा कलाको संरक्षण गर्नको लागि अनुरोध गर्नु भयो । उहाँले कलाको विकास र विस्तारका लागि सबै एकताबद्द भएर अगाडि बढ्न समेत अनुरोध गर्नु भयो ।
कार्यक्रम नेपाल कमर्सियल आर्टिष्ट संघ रोल्पाका अध्यक्ष गञ्जबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने नरेन्द्र बि.क.ले सञ्चालन गर्नु भएको थियो र सुनिल बुढामगरले स्वागत गर्नु भएको थियो ।

You may also like