राष्ट्रपतिबाटै संविधानको उलङ्घ–नेकपा स्थायी समिति सदस्य वर्षमान पुनमगर

राष्ट्रपतिबाटै संविधानको उलङ्घ–नेकपा स्थायी समिति सदस्य वर्षमान पुनमगर
पुस १५गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is d2-1024x768.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)स्थायी समिति सदस्य वर्षमान पुनमगरले विगतका संविधानमा संसद विगठनको व्यवस्था राख्दा देशमा अस्थिरता हुने भएकोले त्यसलाई २०७२ सालको संविधानमा नराखेको उल्लेख गर्दै संविधानमै नभएको व्यवस्था संसद विगठन गरी असंवैधानिक कदमले केपी शर्मा ओलीले संविधानलाई पनि लट्याएर संसद विगठन गरेकोले प्रतिगमनकारी कदम भएको बताउनुभो ।
राष्ट्रपतिले पनि संविधानको उलङ्घन गरेको बताउँदै भन्नुभयो–“यस विषयमा कुनै पनि राय परामर्श नै नगरी प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई नै वैधता दिएको, र काम चलाउन सरकार भनि कही कतै पनि उल्लेख नगरेकोले राष्ट्रपति नै संविधानको उलङ्घन गरका छन् । यो कदम सच्चिएन भने राष्ट्रपति नै देशको अभिभावक बन्न सकेन्न् ।”उहाँले यस्तो कुरा नेता पुनमगरले प्रेस संगठन रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बुधबार रोल्पाको लिबाङमा बताउनुभएको हो ।
उहाँले निर्वाचनमा आयोगमा ३१५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी निर्वाचन आयोगमा नै निवेदन दिएको उल्लेख गर्दै प्रचण्ड र माधव नेपालको नेतृत्वमा नै रहेको पार्टी संस्थापन हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगले केन्द्रीय साविकको केन्द्रीय सदस्यको संख्यालाई आधार मानेर नै फैसला गर्ने बताउनुभयो । केपी शर्मा ओलीले प्रदेश सभा संसद पनि विघटन गर्ने धम्की दिएपनि त्यति सजिलै प्रदेश सभामा भङ्ग गर्ने अधिकार नभएको बताउनुभो । साथै उहाँले सङ्कटकाल लगाएपनि त्यसको विरुद्धमा संघर्ष गर्ने बताउनुभयो । हालको सरकार काम चलाउन मात्रै भएको बताउँदै काम चलाउ सरकार ४ महिनापछि आफ्नो नेतृत्वको चुनाव गर्न नसक्ने कुरा बताउँदै झन देश अस्थिरतातिर जाने खतरा रहेको बताउनुभयो । उहाँले पार्टी दुइ वटा भइ सकेपनि फेरी केपी शर्मा ओलीले प्रतिगमनकारी कदम सच्चाएमा भने पार्टी एकतालाई पनि नकार्न नसकिने कुरा समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लुम्बीनी प्रदेश अध्यक्ष ओनसरी घर्तीमगर, केन्द्रीय सदस्य दीपेन्द्र कुमार पुनमगर, नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरीप्रसाद घर्तीमगर, प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशका संह संयोजक मानसिंह विश्वकर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य नविन लोचन मगर, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर लगायतको आतिथ्यता रहेको थियो । प्रेस सङ्गठन नेपालका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको थियो भने सञ्चालन सह संयोजक विमल राज डाँगीले गर्नुभयो ।

You may also like