गुरुङगाउँमा तमुल्होसारकाे सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गुरुङको भनाई


समाचारदाता

१४ पुष, रोल्पा ।

This image has an empty alt attribute; its file name is mahendra-gurung-1511.jpg


तमु ह्युँल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति रोल्पाले रोल्पाको रोल्पा नगरपालिका—४ गुरुङगाउँमा जिल्लास्तरको तमु ल्होसार मनाउन थालेको छ । आज दिउसो गुरुङगाउँको दहचौरमा ठूलो मेलाको आयोजना गरी मनाउने गरी सम्पूर्ण तयारी भएको आयोजकले बताएको छ ।
रोल्पा जिल्लाको बहुसंख्यक गुरुङहरुको रहेकोे गुरुङगाउँमा बिगतका दिनहरुझैं यसपालि पनि बृहत ढंगले तमु ल्होसार मनाउने निर्णय भएको जिल्ला कार्य समितिका अध्यक्ष महेन्द्र गुरुङले बताउनुभयो । शुक्रबार साझ सामुदायिक रेडियो जलजलाको समय सन्दर्भमा कुराकानी गर्दै अध्यक्ष महेन्द्र गुरुङले जिल्लाको लुँग्रीगाउँपालिकाको बडाचौर, किलाचौर, छहरेखुङ र हार्जङ, थबाङ र गंगादेव गाउँपालिकामा समेत कार्यक्रम गर्ने गरी तयारी भएको बताउनुभयो । उहाँले रोल्पा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरी आफ्नो चाडवर्पलाई भव्य र सान्दार ढंगले मनाउने निर्णयअनुसार नै सम्पूर्ण इकाई समितिमा तयारी भएको जलजला समय सन्दर्भमा मार्फत जानकारी दिनुभएको छ ।
रहेका गुरुङ समुदायले पनि आफनै पालिकामा तमु ल्होसार मनाउने निर्णय गरेका छन । त्यहाँको नेतृत्व जिल्ला कार्य समितिका प्रचार सचिव दलबहादुर गुरुङले लिने निर्णय भएको छ । यस्तै रोल्पा नगरपालिकाको वडा नम्बर ३ खुमेलमा पनि मनाउने निर्णय भएको छ । त्यहाँको नेतृत्व भने जिल्ला सचिव नविन गुरुङले लिने निर्णय भएको छ । यस्तै थबाङ गाउँपालिकाको र्छेलोबाङमा पनि बिगतका बर्षहरुबाट मनाईदै आईएको छ । त्यहाँका गुरुङ समुदायका अगुवाहरुको नेतृत्वमा तमु ल्होसार मनाईने भएको छ भने रोल्पा नगरपालिका वडा नम्बर ४ को गुरुङगाउँ र बाईगाउँले संयुक्तरुपमा दहचौर गुरुङगाउँमा तमु ल्होसार मनाउने निर्णय गरेका छन ।
समय सन्दर्भमा अन्तरवार्ताको क्रममा पुष १५ गते गुरुङ गाउँमा ल्होसारको अवसरमा विभिन्न खेलकुदहरु, झाँकी प्रर्दशन, तमु बयोबृद्ध सम्मान, गुरुङ पुरुषहरुका लागि छेलो फाल्ने, खुल्ला महिला घैंटाफोर, बालबालिकाहरुका लागि गोबाडा फुटाइ आदी कार्यक्रमहरु तय भएको अध्यक्ष महेन्द्र गुरुङले बताउँदै सबैलाई सहभागी भई दिनका लागि अपिल गर्नुभएको छ ।
यसैगरी सिंगारु समुहको सिंगारुनाच र गुरुङगाउँ यूवा क्लबको सांस्कृतिक प्रस्तुती मुख्य आर्कषणको रुपमा रहेको आयोजकले बताएको छ । तमु ल्होसार २०८० को अवसरमा रोल्पा नगरपालिका, सिंगारु समूह, गुरुङगाउँ यूवा क्लब, तमुस्यो ह्युँल छोंज धीं लगायतले सहकार्य गर्ने भएको जिल्ला कार्य समितिका उपाध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो । आयोजकका अनुसार १४ गते बेलुकाबाट पुरानो बर्षको बिदाई र नयाँ बर्षको स्वागत गर्दै कार्यक्रमको थालनी गरिनेछ । १४ गते बेलुकीको जिम्मेवारी भने तमु प्हेंलु संघ रोल्पाले लिएको छ । यसवर्ष तमु समुदायको विभिन्न बर्गचक्र अनुसार बिरालो बर्गको बिदाई र गरुडबर्गको आगमन रहेको छ । तमु समुदायले हरेक बर्षको पुष १५ गते नयाँ बर्षका दिनमा हर्षोउल्लासका साथमा तमु ल्होसार मनाउने गर्दछन । जिल्लाका राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकाय पत्रकारहरु लगायतको सहभागीता समेत रहने तमू ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद रोल्पाका अध्यक्ष महेन्द्र गुरुङले बताउनुभएको छ ।

You may also like