नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका राेल्पा र वेराेजगार युवा समूहद्दारा पत्रकार भेटघाट

नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाद्वारा पत्रकार भेटघाट
साउन ५ गते
लिबाङ–रोल्पा


नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाले प्रतिपक्षको भूमिका सक्रिय बनाएको छ । हिजो घर्तिगाउँ रोल्पामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएको हो ।
नेपाली काँग्रेस पार्टी २ नं. क्षेत्रीय सभापति एवं (ख) क्षेत्रको क्षेत्रीय सभापति गोपाल घर्तीमगरले भन्नुभयो,‘विगतदेखि नै नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाले माडी गाउँपालिकामा प्रतिपक्षको भूमिका सक्रिय रुपमा निर्वाह गर्दै आएको छ । पछिल्लो समयमा यस गाउँपालिकाका कार्यन्वयन कोभिड–१९ विशेष कृषि कार्यक्रममा अनिमितता बढेपछि पार्टीले सडक आन्दोलन ग¥यो । पार्टीले गाउँपालिकाको विभिन्न क्षेत्रमा भएका अनिमिततासँगै भ्रष्टचारहरुको एक÷एक अध्ययन गर्दै आएको छ । आगामी दिनमा पनि यस गाउँपालिकामा अनिमितता जारी रहेको अवस्थामा पार्टी सडक आन्दोलन सशक्त बनाउँछ । पार्टीकै नेतृत्वमा गाउँपालिकामा हुने अनिमितताहरु अन्त्य हुन्छ ।’ ‘कोभिड–१९ विशेष कृषि कार्यक्रम कार्यन्वयनको क्रममा सूचना प्रसारण व्यापक नबाएर गाउँपालिकाको जनप्रनितिधि, कर्मचारी, शिक्षक पेशामा आवद्व व्यक्तिहरुको आवेदनलाई स्वीकृत गरेको छ । यस्ता आवेदन खारेज गर्नुपर्ने पार्टीको माग हो । तर, अहिलेसम्म गाउँपालिकाको गतिविधिहरु नियाल्दा माग पूरा हुने अवस्था छैन । यो माग पूरा नुहँदासम्म पार्टी आन्दोलनमै रहन्छ’ उहाँले भन्नुभयो ।
क्षेत्रीय पार्टी सभापति घर्तीले यस गाउँपालिकाले नोबेल कोरोना भाइरसको समस्यामा परेको जानताहरुलाई कर, घर बहाल भाडा जनताको भावना विपरित असुल गर्दै आएको प्रति आपत्ति व्यक्त गर्नुभयो । जनता आर्थिक भारमा रहेको अवस्थामा पनि गाउँपालिकाले जवजस्ति कर असुल गरेको अवस्थामा सडक आन्दोलन गर्ने उद्घोष गर्नुभयो । विगतदेखि नै यस गाउँपालिकाले बस पार्क निर्माण, खेल मैदान, विरुवा वितरण र सडक विस्तारमा पनि ठूलो परिणाममा आर्थिक अनिमितता भएको हुँदा प्रमाण जुटाएर त्यस्ता जनप्रतिनिधिहरुलाई जन कारवाही गर्नुगर्ने धारणा घर्तीले व्यक्त गर्नुभयो । जनताको पसिनाबाट संकलित करको दुरुपयोग गर्ने कसैलाई छुट छैन । यसको हिसाब जनताले राख्ने उहाँले बताउनुभयो ।
त्यसैगरी पत्रकार भेटघाटमा वेरोजगार युवा समूहको अध्यक्ष भुपेन्द्र बुढामगरले भन्नुभयो,‘कोभिड–१९ विशेष कृषि कार्यक्रम कार्यन्वयनमा गाउँपालिकाले जिम्मेवारी भूमिका निर्वाह नगरेकोभन्दै आक्रोश व्यक्त गर्नुभयो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुको सदस्यहरुलाई उपलब्ध बनाउने उद्वेश्यले नै सूचना प्रसारणमा कञ्जुसाय गरियो । यसले कृषि कार्यक्रममा समावेश गर्नै पर्ने व्यक्तिहरु छुटेकोले वेरोजगार युवा समूहले विरोध गरेको हो । समूहको माग समयमा नै पूरा नभएमा गाउँपालिकाको कार्यालयमा ताला बन्द गरी आन्दोलन गर्छ ।’ उहाँले भन्नुभयो,‘हामी नेतृत्व बिहीन बनेको अवस्थामा समूहको माग प्रति नेतृत्वदायि भूमिका निर्वाह गरेको प्रति नेपाल काँग्रेस पार्टी माडी गाउँपालिकालाई ध्यान व्यक्त गर्दछु । गाउँपालिकाको प्रत्येक वडाहरुलाई बराबर हुने गरी कार्यन्वयन गर्नुपर्ने माग समूह हो । राजनीतिक अस्थाको आधारमा वजेट विनियोजन हुनुभन्दा त फ्रिज हुनु नै राम्रो हो ।’ पत्रकार सम्मेलनमा नेपाली काँग्रेस पार्टी माडी गाउँपालिकाको पदाधिकारी र वेरोजगार युवा समूहको सहभागिता थियो ।

You may also like