गंगादेव गाउँकार्यपालितको सम्पन्न, बैठकबाट विभिन्न जनहितमा निर्णयहरु पारित

गंगादेव गाउँकार्यपालितको सम्पन्न, बैठकबाट विभिन्न जनहितमा निर्णयहरु पारित
असार, १ गते
लिबाङ–रोल्पा ।


गंगादेव गाउँकार्यपालिका कार्यालय रोल्पाको आज सम्पन्न बैठकबाट कर्मचारी र शिक्षकको १० दिनको तलब नोबेल कोरोना भाइरस (कोभिड–१९) कोरोना कोषमा जम्मा गर्ने निर्णय पारित भएकोक छ । यसले गाउँपालिकालाई थप आर्थिक सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिकाको अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न गाउँकार्यपालिकाको बैठकले गङगादेव गाउपालिका रोल्पामा कार्यरत सबै कर्मचारी र शिक्षको १० दिनको तलब कट्टी गरेर कोरोना बिपत व्यवस्थापन कोषमा जम्मा गर्न लगाउने निर्णय गरेको छ । क्वारेन्टाइनमा बसेका नागरिकको खाद्यान्न व्यवस्थापन, चेक जाँच र औषधी उपकरण खरिद ठूलो मात्रामा बजेट खर्च हुने भएको हँुदा तलब कट्टी गरेर कोरोना कोषमा जम्मा गर्नु परेको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री बताउनुभयो । शिक्षकको तलब निकासा भैसकेकोले गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्रका ३९ ओटै विद्यालयलाइ सबै शिक्षको १० दिन बराबरको तलब कट्टी गरेर कोरोना विपद कोष खातामा जम्मा गरेर सक्कली भौचर शाखामा बुझाउन पत्राचार गरेको शिक्षा शाखा प्रमुख शेर बहादुर डाँगीले जानकारी दिनुभयो । गाउँपालिका वडाहरुको विभिन्न ठाउँका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वयंसेवकलाई मासिक रु १८ हजारका दरले सेवा सुविधा दिने निर्णय समेत बैठकबाट निर्णय पारित भएको छ । यस गाउँपालिकाको ७ ओटै वडामा ३ र ३ जना स्वयंसेवकको व्यवस्था गरिएको छ । यस्तै गाउँपालिकाको अध्यक्ष रनिङ सिल्ड प्रतियोगितामा नियमित ३ पटक विजेता बन्न सफल जीवन ज्योति मा.वि देवल टाकुरा राक रोल्पालाई नगद रु ५ लाख पुरस्कार दिने निर्णय गरेर कार्यपालिका बैठकबाट सम्पन्न भएको गाउँपालिका प्रेस सयोजक अशोक वली ‘परिवर्तन’ले जानकारी दिनुभयो ।

You may also like