नगर प्रमुख के.सी.द्वारा आधुनिक कृषि औजार निर्माण भट्टीको आज उद्घाटन

रोल्पा साचारदाता
लिबाङ–रोल्पा

रोल्पा नगरपालिका–७ नं. वडा कार्यालयबाट पवित्र कृषि औजार निर्माण उद्योगलाई अनुदान रकममा आधुनिक कृषि औजार निर्माण भट्टीको आज माडीचौरमा प्रमुख अतिथि नगर प्रमुख पूर्ण के.सी.ले उद्घाटन गर्नुभयो । उद्योग सञ्चालनमा सहज बन्ने भएको छ ।

उक्त कृषि औजार निर्माण भट्टी उद्घाटन गर्दै प्रमुख अतिथि पुर्ण के.सी.ले भन्नुभयो–“पम्परागत आरन व्यवसायीलाई आधुनिकरणको निम्ति यस वडा कार्यालयले आधुनिक कृषि औजार निर्माण भट्टीको खरिदको निम्ति आवश्यक वजेट विनियोजन कार्य सहरानीय कार्य हो ।” जसरी वडा कार्यालय आधुनिक कृषि औजार निर्माण भट्टी खरिद निम्ति योजना वडा कार्यालयले छनौट गरेकोमा वडा कार्यालाई कार्यालयलाई नगरपालिकको तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नुभयो । आधुनिक कृषि औजार निर्माण भट्टीबाट औजार उत्पादन वृद्धिसँगै गुणस्तरीय कृषि औजार निर्माण गरेमा मात्र भट्टीको प्रयोग गरेको सार्थकता हुने प्रमुख अतिथि के.सी.ले धारणा व्यक्त गर्नुभयो । उहाँले यस उद्योगको प्रगतिको आधारमा आगामी दिनमा थप प्रर्वद्वन विकासको निम्ति नगरपालिकाबाट आवश्यक वजेटको व्यवस्थापन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा मगरले कोइलाको अभावमा बन्द अवस्थामा पुगेको उद्योगको निरन्तरताको निम्ति वडा कार्यालयबाट आधुनिक कृषि औजार निर्माण भट्टीको व्यवस्थापनमा देखाएको सक्रिया प्रति वडा अध्यक्ष लगायत सम्पूर्ण सरोकारवाला निकाय प्रति खुसी व्यक्त गर्नुभयो । परम्परा शैलिमा उद्योगबाट कृषि औजार निर्माण हुँदै आएको अवस्थामा आधुनिक कृषि औजार निर्माण भट्टीको व्यवस्थापनले उद्योग आधुनिकरण बन्ने विचार व्यक्त गर्नुभयो । उद्योग आधुनिकरण बन्नु नै जीवन स्तर माथि उठ्ने आधार भएको उहाँले बताउनुभयो ।
उद्योग सञ्चालनको निम्ति पहिलो स्रोत भनेको कोइला हो तर पछिल्लो समयमा कोइलाको निम्ति दाउरा पर्याप्त नपाउँदा उद्योग नै धरापमा परेको अवस्थामा वडा कार्यालयबाट भट्टीको व्यवस्थाले उद्योग सञ्चालनमा सहज बन्ने वडा अध्यक्ष गनसिं पुनमगरले बताउनुभयो । उहाँले वडा कार्यालयको आर्थिक वर्ष २०७५÷२०७६मा विनियोजित वार्षिक बजेट दुई लाख रकममा पवित्र कृषि औजार निर्माण उद्योग सञ्चालनको निम्ति अनुदानमा आधुनिक भट्टी खरिद गरिएको जानकारी दिनुभयो ।

उद्योगबाट विभिन्न कृषि औजारहरू निर्माण हुँदै आएका छन् । औजार निर्माणको निम्ति प्रयाप्त कोइला नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था पगेको थियो तर भट्टीको व्यवस्थापनबाट उद्योग सञ्चालनमा सहज बन्ने विश्वास समेत पुनमगरले व्यक्त गर्नुभयो । पर्याप्त कोइला नपाउँदा उद्योगबाट निर्माण कृषि औजार महङ्गो मूल्यमा उपभोक्ताहरुले खरिद गर्नुपर्ने बाध्यता थियो तर अब आधुनिक भट्टीबाट कृषि औजार निर्माण हुँदा उपभोपक्ताहरुले केही न्यून शुल्कमा औजार पाउने भएका छन् । उद्योग सञ्चालनको निम्ति कोइला बनाउँदा समेत धेरै समय खर्च लाग्छ तर भट्टीबाट कृषि औजार निर्माण गर्दा समय समेत बचत हुनेभएकोले अब उद्योगबाट धेरै कृषि सामानहरू निर्माण भएको छ ।

अझै पनि धेरै दलित समुदाय अन्तर्गत विश्वकर्मा जातिले परम्परागत बालीघरे प्रथामा आरन पेशा गर्दै आएका छन् । वडा कार्यालयको अनुदानमा प्राप्त कृषि औजार निर्माण भट्टीबाट निकट भविष्यमै प्रयाप्त आम्दानी गर्ने ढोका खुल्ला भएको छ । यसरी जातिय दृष्टिकोणले उत्पीडनमा परेको दलित समुदाय र पेशाको प्रर्वद्वन र विकासबाट नै संघीय लोकतन्त्र गणतन्त्र नेपाल आएको अनुभूती गर्ने वातावरण सिर्जना हँुँदै छ । कार्यक्रम वडा अध्यक्ष गनसिं पुनमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा सचिव सुदिप डाँगीले गर्नुभएको थियो ।

You may also like