जिपको ठक्करबाट एक जनाकाे मृत्यु, दुइ जना घाइते

जिपको ठक्करबाट एक जनाकाे मृत्यु, दुइ जना घाइते
चन्द्र रोकामगर
मंसिर ४ गते (सुलिचौर–रोल्पा)

This image has an empty alt attribute; its file name is जिप-क-1024x642.jpg

सुनिल स्मृति गाउँपालिका–८ तल्लोपानी स्थिति गएराती राती करीव ८ः३० बजे लु १ ज ३०७० नम्बर जिपको ठक्करबाट एक जनाको मृत्यु र २ जना घाइते भएका छन् । उक्त जिपको ठक्करबाट सोही गाउँपालिका निबासी ४६ वर्षको राहुल मगरको प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथामिक उपचार पश्चात् थप उपचारको लागि वुटवल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको छ । साथै सोही गाउँपालिका निबासीहरु ६ वर्षको राजेन्द्र पुन र ३५ वर्षकी रिमा पुनलाई सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि वुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । घटनास्थलबाट फरार जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको उहाँले जानकारी दिनुभयो ।

You may also like