कांग्रेसले चामलको बोरा वितरण गरेको एमाले अध्यक्ष घर्ती आरोप

रोल्पा सचार
रोल्पा, ७ मंसिर
नेकपा एमाले रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीमगर हरीप्रसाद घर्तीमगरले नेपाली कांग्रेसलाई चुनाव जित्नका लागि चामलको बोरा वितरण गरेको बताउनुभएको छ ।
विहान ७ बजेदेखि सामुदायिक रेडियो जलजलामा निर्वाचन बहस कार्यक्रमको सन्दर्भमा कुराकानी गर्दै हरीप्रसाद घर्तीमगरले नेपाली कांग्रेसले चुनाव जित्न रोल्पाको विभिन्न गाउँमा चामलको बोरा वितरण गरेको बताउनुभएको हो । कार्यक्रम प्रस्तोता पत्रकार नविन लोचन मगरसंग कुराकानी गर्दै भन्नुभयोः–“बाम गठबन्धनका उमेद्वारहरुबाट अत्तालिएर चुनावलाई आफ्नो पक्षमा पार्नका लागि चामलको बोरा वितरण गरेका छन् ।” उहाँले यसकार्यबाट मतदातालाई सचेत हुनका लागि अनुरोध समेत गर्नुभएको छ ।
उहाँले चुुनावमा जति कोषिश गरेपनि बाम गठबन्धनका उमेद्वार नै विजयी हुने दावी गर्नुभएको छ ।

You may also like