आफू बन्ने बेलामा ३ पटक अरुलाई बनाए पुनमगरले सभाषद्

मानसिंह बिक
रोल्पा, मंसिर ७ गते
समामाज अरुलाई भन्दा आफूलाई बनाउने मानिसहरु धेरै छन् । अरुलाई विगारेर आफूलाई बनाउने मानिसहरुको भिडमा आफूलाई आएको पद पनि अरुलाई दिर्दै निरन्तर पार्टी र क्रान्तिको अभिभारा पूरा गर्ने एक रोल्पाका कुशल एवंं इमान्दार राजनितिज्ञ नेताको नाम हो दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ।
पार्टीले पटक पटक आफूलाई दिएको पद पनि अरुलाई बनाएर आफू सामान्य भूमिकामा रहनुभयो । पुनमगरले आफूलाई दिएको पदमा पनि अरुलाई पठाउँदै आफू सार्वजकि पदमा नजाने निर्णय गर्दै बरु पार्टी र क्रान्तिका लागि पार्टीले उठाएकका उमेद्वारलाई विजयी बनाउने कार्यमा २०६४ सालदेखि दिपेन्द्र पुनमगर ‘सिजल’ लाग्नुभएकको छ ।

युद्धकालमै सम्पूर्ण सम्पत्ति पार्टी करण गर्नुभएका पुनमगर कम्युनिष्ट पार्टी कार्यकर्ताको अन्तर्राष्टियवादको मान्यतालाई आत्मसाथ गर्दै रोल्पाको विद्यार्थी राजनीतिबाट राजनीतिक जीवन शुरु गर्नुभएका पुनमगर २०५९ सालमा पार्टीले संगठन विस्तार एवं पार्टीले गण्डक क्षेत्रमा सरुवा गरेपछि पाल्पा र नवलपरासी जिल्लाका इन्चार्जको रुपमा काम गर्नुभयो । त्यतिबेलामा आफ्नो सम्पूर्ण सम्पत्ति पार्टी करण गर्दै श्रमति दिलकुमारी पुनमगर ‘कुश्मा’ र छोरा मिलन र आलोकलाई पनि पनि पार्टी र क्रान्तिको काममा लगाउँदै रोल्पा जिल्लामा दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ भनेर चिनिएता पनि पाल्पा र नवलपरासीमा दिलिप भनेर परिचित हुनुभएकाको थियो । २०५९ सालबाट २०६३ सालसम्म पाल्पा नवलपरासीको इन्चार्जकोे भूमिका कुशलता पुर्वक निर्वाह गरेको बताउँदै क्रान्तिको आधारभूमि तयार गर्न सफल रहेको बताउनुभयो ।
त्यतिबेलामै नाम चलेका किमबोट साहूको छोरा भएर पनि सम्पूर्ण नीजि सपना बलिदान गर्दै परिवार सहित रोल्पाबाट पाल्पामा कार्यक्षेत्र सरुवा भएपछि संगठनको भुमिकामात्रै पूरा गर्नुभएन सैन्य मोर्चाको भूमिका पूरा पनि गर्नुभयो । आन्दोलनको क्रममा एउटा मानिस संगठक, सेनाको भूमिका पूरा गर्नुपर्दछ भन्ने स्कुलिङबाट प्रशिक्षित हुनु भएका पुनमगरले पाल्पा र नवलपरासीको थुप्रै सैन्य मोर्चाको राजनीतिक कमिसारको भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले सैन्य मोर्चाको जिम्मेवारी लिदैँ पाल्पा सदरमुकाम तानसेन नजिकै सैन्य कारवाहीको भूमिकामा राजनीतिक कमिसार एवं फौजि कमाण्डरको भूमिका आफैले निर्वाह गर्ने क्रममा २०६२ साल चैत्र २५ गते बवी बम थाप्दा हातमै विस्फोट भएको थियो । सो बेलाको स्मरण गर्दै सिजलले भन्नुभयोः–“त्यतिबेला कारवाही गर्नु पर्ने भयो, आफू नै अगाडि सर्नै पर्ने भएको थियो म नै बवि थाप्न खोज्दै थिए एउटा बवी हातमै पड्कियो, मेरो हात दायाँ हात पुरै र वायाँको केही भाग घाइते भएको थियो, त्यतिबेलाको घटना सम्झीदा मलाई अब बाँच्न कठीन हुन्छ जस्तो लाग्थ्यो । ” उहाँले घटनाबारे थप भावकु हुँदै भन्नुभयोः–“मैले विवेक गुमाएको भए म शहीद भइ सक्थे तर पनि विवेकपूर्वक तरिकाले मृत्यबाट बच्दै घाइते भए मैले पार्टी र क्रान्तिको लागि दायाँ हात र वायाँ हात पुरै गुमाएको छु, अबको जीवन पनि पार्टी र क्रान्तिको लागि नै हाजिर गर्नेछु । ” अझै पनि जनता र देशको लागि सिंगो समय अर्पण गर्नेछु ।
गण्डक गण्डक क्षेत्रको पाल्पा तथा नवलपरासीमा इन्चार्जको भूमिका सफलता पूर्वक कार्य सम्पादन गरेपछि २०६३ सालको अन्तरिम सरकारमै पनि पाल्पा जिल्लाबाट सभाषद् बनाउने निर्णय गरेको थियो तर पनि त्यतिवेलामा पनि आफू भन्दा दुख र कष्ठ पाएका नेतालाई स्थान दिनुपर्ने निर्णय गरेको बताउनुभयो । तर उहाँलाई पार्टीले फेरी तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष ‘प्रचण्ड’ २०६४ सालको संविधान सभाको निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट उमेद्वारी दिने निर्णय पार्टी हेडक्वाटरले निर्णय गरेको थियो । त्यतिबेलामा उहाँले रोल्पाका कृष्णबहादुर महरा र वर्षमान पुनमगर केन्द्रीय राजनीतिमा भूमिका निर्वाह गरेकोले रोल्पा जिल्लामा पार्टीले सिजलको आवश्यकता थानेपछि रोल्पा सरुवा गरेको थियो । उहाँले भन्नुभयाः–“मैले सभाषद् भन्दा पार्टीका सर्वाेच्च कमाण्डर एवं जनयुद्धका नायकलाई विजय बनाउनको लागि रोल्पा आएको हुँ, मैले रोल्पा जिल्लामा निर्वाचन परिचालन समितिको चुनावी कमाण्डर भएको थिए, पार्टीका अध्यक्षलाई अत्याधिकमतले विजयी पनि बनायौँ, प्रधानमन्त्री पनि बनायौँ, इतिहासमा जनयुद्धका कमाण्डरलाई प्रधानमन्त्री बनाएर इतिहासमा रोल्पालीले भूमिका पूरा गरेका थियौँ ।”
दिपेन्द्र पुनमगर ‘सिजल’ आफ्नो राजतिक भूमिकामा निरन्तर रहदैँ आफ्नो स्थानमा अरुलाई प्रदान गर्नुभयो । शान्तिकालीन पहिले त आफूले पद माग्ने सस्कार नै थिएन माओवादीकार्यकर्तामा । तर शान्तिकालीन प्रक्रियामा पनि सिजललाई त्यो उच्च आदर्शमा स्खलित आएन । २०६३ सालमा आफू घाइते अपाङ्गको कोटामा समानुपातिक सभाषद्मा निश्चित हुँदा हुँदै त्यतिबेला जनयुद्धका घाइते अपाङ्ग भगवति प्रधानलाई सो स्थानमा पठाउनुभएको थियो । त्यतिमात्रै होइन २०६४ सालमा पार्टी विशाल जनमतका साथ सरकारमा गयो त्यतिबेला पनि घाइते अपाङ्गबाट उहाँकै नाम अगाडि थियो तर त्यतिबेलामा पनि आफ्नै सिफारिसमा म्याग्दी निवासी जनयुद्धका घाइते अपाङ्ग गमबहादुर श्रीसलाई सभाषद् बनाउनको लागि पहल गरेको बताउनुभयो । संविधानसभाको पहिलो निर्वाचनमा पनि आफू सहभागि हुन चाहानु भएन । पार्टीको साँगठनिक क्षेत्रमा नै रहेर काम गर्नभयो । त्यागी नेताको रुपमा थप अझै २०७० सालको निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाटै उमेद्वारी चर्चा चलिरहेको बेलामा निवर्तमान सभामुख ओनसरी घर्तीलाई टिकट दिन पुनले नै मिलाउनुभयो । २०७० सालको निर्वाचनमा पनि घाइते अपाङ्गबाट दिपेन्द्र पुनमगरलाई नै समानुपातिक उमेद्वारीमा सिफारिस गरेको थियो तर त्यति बेलामा पनि रोल्पाबाट धेरै जना नेताहरु सहभागि भएकालेले गर्दा देशैभरीको प्रतिनिधित्व गराउनु पर्ने भएकाले घाइते अपाङ्गको कोटाबाट ललितपुरबाट घाइते अपाङ्ग योगेन्द्र घिसिङलाई सिफासिस गर्नुभएको थियो ।
२०६४ सालमा रोल्पा क्षेत्र नं. २ मा नेकपा (माओवादी) केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महिला नेतृ जयपुरी घर्तीमगरलाई विजयी बनाउनको लागि चुनावी कमाण्डर, २०७० सालमा रोल्पा क्षेत्र नं. १ बाट कृष्णबहादुर महरा र रोल्पा क्षेत्र नं. २ मा ओनसरी घर्तीमगरलाई विजयी गराउनलागि कुटनैतिक नेता दिपेन्द्र कुमार पुनमगर यस पटक भने आफैलाई पार्टीले प्रदेश सभा सदस्यको उमेद्वारमा सिफारिस गरेको छ । यस पटक पनि सकेसम्म पार्टीको अन्य नेतालाई सिफारिस गर्ने मनसाय हुँदा हुँदै पनि नेताको क्रममा आफूलाई नै चुनावी मैदानमा पार्टीले उभ्याएको छ । पटक पटक अरुलाई अरुलाई विजयी बनाउनको लागि कमाण्डर बन्नु भएका यस पटक भने आफै विजयी हुने महान अभियानमा लागेका छन् । सिजलले भन्नुभयोः–“रोल्पा क्षेत्र नं. २ मा कुनै पनि चुनौति छैन, रोल्पा जिल्लामा प्रतिनिधि सभा र रोल्पाको दुवै क्षेत्रमा पार्टीको विजयी बनाउने रणनीतिका साथ लागेको बताउनुयो ।
पटक पटक अरुलाई विजयी बनाउनको लागि सम्पूर्ण तयारी आफूले गरेको बताउँदै यस पटक भने जनयुद्धका सम्पूर्ण घाइते अपाङ्गहरुको सपनालाई पूरा गर्न, शहीदको सपना साकार पार्न, रोल्पा जिल्लाको सम्बृद्धका लागि कार्यकारी जनप्रतिनिधिको पदमा रहेका काम गर्ने इच्छा रोल्पा क्षेत्र नं. २ का मतदाताले पुरा गरिदिने आशा व्यक्त गर्नुभएको छ ।

You may also like