रोल्पाको सुनछहरी गाउँपालिकामा रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रम हुने

जङग मगर। पोबाङ। सुनछहरी कला, साहित्य समाज सुनछहरी गाउँपालिका रोल्पाले आउदो असोज १५ गत्ते रचना वाचन तथा प्रतिभा प्रस्तुति कार्यक्रमको आयोजना गर्ने भएको छ । सुनछहरी गाउँपालिकाबाट विभिन्न बिधामा कलाकारिता क्षेत्रमा लागिरहेका अग्रजहरुलाई सम्मान र नया प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको समाजका सचिव जङ्ग मगरले जानकारी दिनुभयो । कार्यक्रममा सुनछहरी गाउँपालिका भित्रका अग्रज कलाकारहरु एवम साहित्यकारहरुको बेजोड प्रस्तुती रहने छ भने नया प्रतिभाहरुको समेत बिशेष प्रस्तिती रहने छ । कार्यक्रमलाई ब्यबस्थित गर्न विभिन्न उप-समिती समेत गठन गरि संयोजक चयन गरि जिम्मेवार बाडफाड गरिएको पनि सचिव मगरले बताउनुभयो ।कार्यक्रमको मुख्य आकर्षणको रुपमा कमेडी च्याम्पियन का फस्ट रनरप खबपु चन्चल मगर,जनबादी कलाकाररु प्रगती महरा,अमर रोकामगर एवम साहित्यकार क्षितिज मगर,संगित मगर ,राज एकान्त लगायत थुप्रै अतिथि कलाकारहरु रहनेछन ।

You may also like