रोल्पा नगरपालिकालाई जातीय छुवाछुतमुक्त, बालीघरे खलोप्रथा मुक्त नगर बनाउँछौँ”

पूर्ण केसी नगरप्रमुख रोल्पा नगरपालिका
रोल्पा समाचारदाता
असार ६ गते
लिबाङ–रोल्पा

 


‘खुसी रोल्पा समृद्ध रोल्पा नगरपलिकाको सान जातिय छुवाछुत मुक्त तथा बालिघरे खलो प्रथामुक्त नगर हाम्रो अभियान’ भन्ने मुलनाराको जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि एक दिने अन्तर सम्वाद कार्यक्रम शुक्रबार जिल्ला समन्वय समितिको नयाँ हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्ण केसीले रोल्पा नगरपालिकालाई जातीय छुवाछुट वडा घोषणा गर्नका लागि आफू र नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्रतिवद्धता व्यक्त गर्दै भन्नुभयोः–“ रोल्पा नगरपालिकालाई जातीय छुवाछुत एवं बालिघरे खलोप्रथा मुक्त गर्न म प्रतिवद्ध छु नीति तथा कार्यक्रम लिएर अगाडि बढ्नेछु ।”
यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाको कार्यवाहक प्रमुख कर्मलाल परियारले रोल्पा जिल्लामा चलिरहेको अभियानलाई सबैले सहयोग गर्न र राज्यको कार्यक्रम बनाउनको निम्ति अनुरोध गर्नुभयो ।


जिल्ला प्रशास कार्यालय रोल्पाको सहायक प्रमुख जिल्ला अधिकारी हिमलाल विश्वकर्माले कानूनको कार्यनवयन गरी विभेदको अन्त्य गर्ने बताउनुभो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले जनयुद्धको जगमा जातीय छुवाछुत अन्त्य भएकोले यस अभियानलाई पार्टीले सधै अगाडि बढाउने बताउनुभयो । नेपाली काँग्रेस रोल्पाको निवर्तमान सभापति एवं समाज सेवी कृष्णबहादुर घर्तीमगरले सामाजिक रुपमान्तर आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद पराजुली रोल्पा रोल्पा नगरपालिका ५ नं वडा अध्यक्ष टोपबहादुर विश्वकर्मा, ६ नं. वडा अध्यक्ष तुलबहादुर घर्तीमगर, १० नं. वडा अध्यक्ष मानबहादुर खत्री, नगरपालिका कार्यपालिका सदस्यहर तिलमति विश्वकर्मा, लिलाराम सुनार, राजेन्द्र परियार, गायत्री परियार, माडी गाउँपालिका कार्यपालिका सदस्य झग्गु परियार, सुनिल स्मृति गाउँपालिका कार्यपालिका सदस्य तुलसी सुनार, सोही गाउँपालिकाको कार्यपालिका सदस्य चन्द्र मरमथानी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष विश्व चन्द, नेपाल पत्रकार महासंघ रोल्पा अध्यक्ष महेश न्यौपाने, नेपाल रेडक्रस सोसाइटी सभापति डि.वी घर्तीमगर, जलजला सिचाई कटाई व्यवसायी महासंघ रोल्पा जिल्ला अध्यक्ष माहाराम परियार, सनस्टारका सम्पादक नविन लोचन, जनआकाक्षा प्रतिनिधी मिनराज रोका, रोल्पा अनलाईन एवं नेपाल टेलिभिजनका प्रतिधिी माधव कुमार वली, कान्तिपुर टेलिभिजनका प्रतिधिी पहलमान घर्तीमगर, कृर्षि औजारका सञ्चालक मानसिंह रोका, पवित्रि कृषि औजारका सार्के विश्वर्मा लगायत विषय मनतव्य राख्नुभएको थियो । जातीय छुवाछुतप्रथा अन्त्य हुनु पर्ने बताएका थिए ।


कार्यक्रममा जातिय छुवाछुत तथा बालिघरे मुक्त सम्बन्धि सहजिकरण संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सचिव मानसिंह विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रमा दलित अधिकार मन्चका मानसिह विकले छुवाछुत गर्ने गराउने जुन सुकै मानिसलाई रु ३ हजारदेखि २५ हजारसम्म जरीमाना र ३ महिनादेखि ३ वर्ष सम्म कैदको कानुनी व्यवस्था भएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाको दश ओटै वडाहरुलाई जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा रोल्पा नगरपालिकामा जातिय छुवाछुत र बलिघरे प्रथाको अवस्थाको सम्बन्धि अन्तर सम्बाद भएको थियो । जातिय छुवाछुत र बालिघरे प्रथामुक्तबाट नै समृद्ध दिशाको अगाडि बढ्न सकिने सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रममा जातीय छुवाछुतमुक्त गर्न र बालीघरे खलो प्रथा अन्त्यका लागि सहयोग गर्ने अभियानताहरुलाई सम्मान गरिएको थियो । दलित अधिकार मञ्च रोल्पा नगरपालिका रोल्पाको अध्यक्ष खड्कलाल पाटदेउटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सविच अर्जुन विश्वकर्माले गर्नुभएको थियो भने स्वागत सनवीर परियारले गर्नुभएको थियो । कार्यक्रममो सामुदायिक रेडियो रोल्पा रोल्पा ९३.८ मेगाहर्ज र रेडियो जलजला ९६.४ मेगाहर्ज र रेडियो मालश्री १००.५ मेगाहर्ज र सामुदायिक रेडियो माडी आवाज ९८.६ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।

You may also like